Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भीम रावलसँग राजनीतिक संस्कार छैन, सम्पत्तिमै ध्यान छ : कर्णबहादुर थापा

भीम रावलसँग राजनीतिक संस्कार छैन, सम्पत्तिमै ध्यान छ : कर्णबहादुर थापा

अछाम :

नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्। ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए। आफ्नो धेरै मानसम्मान खोज्‍ने रावल केही निश्चित व्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे। रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए।

सरकारका राम्रा कामको प्रचार गर्न छोडेर सरकारलाई गाली गर्दै हिँड्न भ्याएका रावलले पार्टी एकता नचाहेको पनि थापाले आरोप लगाए। 'सरकारका राम्रा काम देखेर अतालिएकाहरू पार्टी विभाजनतर्फ लागेका छन्', उनले भने, 'पार्टी एकतापछि पनि माधव-प्रचण्डको स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री केपी ओलीविरुद्वमा लागेकाले उनीहरूमा कुनै राजनीतिक एजेन्डा छैन।' अछाममा ओली समूहको संगठन बलियो रहेको बताउँदै उनले आमकार्यकर्तालाई संगठ थप मजबुत बनाउन अनुरोध गरे। अहिले नेता रावलको ध्यान पार्टीको सम्पत्तिमा केन्द्रित रहेको भन्दै थापाले एकलौटी प्रयोग गर्न खोजे त्यसको परिणाम नराम्रो हुने चेतावनी पनि दिए।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा कम्युनिष्ट पार्टि अछामका संस्थापक भीम बहादुर कडायतले चुनावमा जान डराउनेले ‌ओलीको विरोध गरिरहेका बताएका छन्। निर्वाचन हुने भएपछि जनताले नपत्याउने थाहा पाएकाहरू चुनावदेखि डराएर वर्तमान सरकारको विरोध गरिरहेका आरोप लगाए। पार्टी विभाजनको सबै दोष ओलीलाई लगाउनेहरु आफैँ पानीमाथिको ओभानो हुन खोजेका बताउँदै उनले अहिलेका मुख्य दोषी माधव र प्रचण्ड भएको आरोप लगाए। कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले राजनीतिसँग आर्थिक क्रान्तिलाई पनि जोड दिनुपर्ने बताए। आफू नैतिकताको राजनीति गर्ने ब्यक्ति भएकाले ओलीको पक्षमा होमिएको उनले बताए।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य यज्ञ बोगटीले केपी ओलीको नेतृत्वमा अछाममा थुप्रै विकास काम भएको बताए। क्षेत्र नं. २ मा आफु निर्वाचित भएपछि जिल्लाका महत्त्वपूर्ण योजनाहरू सम्पन्न गरेकाले जनताहरू ओलीको साथमा रहने विश्वास उनले जनाए । पार्टीका जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य भैरे कामी, कृष्णप्रसाद जैसी, देव बहादुर कुवँर, पदम बोहरा, भीमबहादुर विष्ट, कमल रावल, मना अधिकारी, शिव प्रसाद उपाध्याय, अनेरास्ववियुका केन्द्रीय सदस्य कमल ढुंगाना लगायत बोलेका थिए। पार्टीका प्रदेश कमिटी सदस्य सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरू कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव डिबी साउदले गरे।

प्रतिक्रिया