ताजा अपडेट
रहेनन अछाम कांग्रेसका नेता देवकोटा
नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निधन भएको छ । उपचारका लागि काठमाडौ जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बेहोस भएका नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो । कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस अछामले जनाएको छ । देवकोटाको सब यात्रामा सयौं मानिस हरु सहभागी भएका थिए ।
नेता देवकोटाको पार्थिव शरीर लाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको टिकापुर स्थित कार्यालयमा राखीएको थियोे । सुदुरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावले देवकोटाको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा ओढाएर नेपाली ओढाएका श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीका नेपाली कांग्रेस अछामका नेता देवकोटाको बिहिवार टिकापुर स्थित कर्णाली नदिको सनकट्टी घाटमा अन्त्येष्टि गरिएको छ ।
उनको जन्म २०२० साल असार २१ गते अछामको विनायकमा भएको थियो । २०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनका आमा , चार छोरा , तीन छोरी र श्रीमती छन । नेता देवकोटाको निधनमा नेपाली कांग्रेस अछामक सभापति भरत कुमार स्वारले शोक व्यक्त गरेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया