Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुरक्षाकर्मी निर्वाचनको तयारीमा

सुरक्षाकर्मी निर्वाचनको तयारीमा

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तिम फैसला दिन बाँकी रहेकै बेला सरकार भने निर्वाचन सुरक्षामा जुटेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा गठित निर्वाचन तयारी तथा समन्वय समितिले काम थालेको छ ।

प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावप्रति विरोध जनाउँदै प्रमुख राजनीतिक दलले देशैभर सडक प्रदर्शन जारी राखेको बेला आगामी बैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनका लागि सरकारले तयारी तीव्र बनाएको छ ।

गृहमन्त्रालयले निर्वाचनको सुरक्षाका लागि आवश्यक तयारी गर्न सबै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी तथा समन्वय समितिसमेत गठन गरेको छ ।

३७ सदस्यीय सो समितिले सुरक्षा रणनीतिको विषयमा तयारी, मौजुदा जनशक्ति, आर्थिक व्यवस्थापन, तथा स्रोत-साधनको मुल्यांकनलगायतका काम गर्ने बताइएको छ ।

गत सोमबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहसचिव, अर्थसचिव तथा तीनवटा सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा मौजुदा तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोतसाधन व्यवस्थापनसम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो ।

विगतका निर्वाचनको खर्च विश्लेषण गरि आवश्यक बजेट प्रस्ताव पठाउन गृहमन्त्रालयमार्फत सुरक्षा निकायहरुलाई निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निर्वाचनको तयारी थालिएको बेला मौजुद सुरक्षाकर्मीहरु नपुग भएको खण्डमा म्यादी प्रहरी भर्ना गरी व्यवस्थापन गर्नेबारे भने निक्र्यौल हुन बाँकी छ ।

विगतका निर्वाचनमा सुरक्षाकर्मीको उपस्थितिमै केन्द्र तथा मतदान स्थल नै कब्जामा पारी आफ्नो दल जिताउने खेल नभएका होइनन् । विगतजस्तै फेरी पनि यस्ता घटना दोहोरिन नदिन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गराउँछु भन्ने प्रत्याभूति सरोकारबाला सबैलाई दिन आवश्यक छ ।

प्रतिक्रिया