Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुरक्षाकर्मी निर्वाचनको तयारीमा

सुरक्षाकर्मी निर्वाचनको तयारीमा

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तिम फैसला दिन बाँकी रहेकै बेला सरकार भने निर्वाचन सुरक्षामा जुटेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा गठित निर्वाचन तयारी तथा समन्वय समितिले काम थालेको छ ।

प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावप्रति विरोध जनाउँदै प्रमुख राजनीतिक दलले देशैभर सडक प्रदर्शन जारी राखेको बेला आगामी बैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचनका लागि सरकारले तयारी तीव्र बनाएको छ ।

गृहमन्त्रालयले निर्वाचनको सुरक्षाका लागि आवश्यक तयारी गर्न सबै सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी तथा समन्वय समितिसमेत गठन गरेको छ ।

३७ सदस्यीय सो समितिले सुरक्षा रणनीतिको विषयमा तयारी, मौजुदा जनशक्ति, आर्थिक व्यवस्थापन, तथा स्रोत-साधनको मुल्यांकनलगायतका काम गर्ने बताइएको छ ।

गत सोमबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहसचिव, अर्थसचिव तथा तीनवटा सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा मौजुदा तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोतसाधन व्यवस्थापनसम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो ।

विगतका निर्वाचनको खर्च विश्लेषण गरि आवश्यक बजेट प्रस्ताव पठाउन गृहमन्त्रालयमार्फत सुरक्षा निकायहरुलाई निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निर्वाचनको तयारी थालिएको बेला मौजुद सुरक्षाकर्मीहरु नपुग भएको खण्डमा म्यादी प्रहरी भर्ना गरी व्यवस्थापन गर्नेबारे भने निक्र्यौल हुन बाँकी छ ।

विगतका निर्वाचनमा सुरक्षाकर्मीको उपस्थितिमै केन्द्र तथा मतदान स्थल नै कब्जामा पारी आफ्नो दल जिताउने खेल नभएका होइनन् । विगतजस्तै फेरी पनि यस्ता घटना दोहोरिन नदिन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित तथा शान्तपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गराउँछु भन्ने प्रत्याभूति सरोकारबाला सबैलाई दिन आवश्यक छ ।

प्रतिक्रिया