Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

धनगढिमा निर्माणाधिन सडकहरु अलपत्र छाडिदा दुर्घटनाको जोखिम सहित आवातजावात गर्न समेत सास्ती

धनगढिमा निर्माणाधिन सडकहरु अलपत्र छाडिदा दुर्घटनाको जोखिम सहित आवातजावात गर्न समेत सास्ती

स्तरोन्नतीको काम चलिरहेको हुलाकी सडक खण्डस्थित धनगढी उप–महानगरपालिकाको मनहेरामा निर्माणाधिन कल्भटमा बिहीबार बिहान  जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी मृत भेटिए।

कल्भटमा चौधरी सवार मोटरसाइकल समेत खसेको अवस्थामा भेटिएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। सो घटनाको अन्य कोणबाट समेत अनुसन्धान भइरहेको छ।

तर अव्यवस्थित डाइभर्सन र ट्राफिक संकेतको अभावका कारण हुलाकी सडकखण्डमा पछिल्लो समय दुर्घटना बढेको स्थानीय आषिशराज जैशीले बताए। 

‘निर्माणाधिन सडकमा साइनबोर्ड, ट्राफिक संकेत लगायतका चिन्ह्रहरु छैनन्,’ उनले भने, ‘निर्माण कम्पनी र योजना कार्यालयसँगै अन्य सरोकारवाला निकायको उदासिनताका कारण दुर्घटना समेत बढेको छ।’

निर्माणाधिन हुलाकी सडकखण्डकै मनहेरामा गत मंसिर २६ गते पनि मोटरसाइकल दुर्घटना भएको थियो। सडकमा राखिएका निर्माण सामाग्रीका कारण मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएपनि ठुलो क्षति हुनबाट जोगिएको थियो।

तर २ जना भने घाइते भएका थिए। हुलाकी सडक मात्र नभएर धनगढीमा निर्माणाधिन अवस्थामा रहेका अन्य सडकमा पनि लामो समय सम्म काम अलपत्र पार्ने प्रवृत्तिले दुर्घटना हुने क्रम बढेको छ। 

सडक निर्माण सुरु गरेर लामो समयसम्म अलपत्र छोड्ने परिपाटीेले गर्दा सवारी दुर्घटना बढ्दै गएका छन।

 निर्माणाधिन सडकमा खतराका संकेत दर्शाउने ट्राफिक संकेतहरु अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ। तर धनगढीमा निर्माणाधिन सडकहरुमा साइनबोर्ड, टा«फिक संकेत राखेको पाईदैन भने बत्ती पनि जडान नहुँदा रातिको समयमा दुर्घटना हुने जोखिम बढेको छ।

‘निर्माणाधिन सडकमा निर्माण कम्पनीले नै खतरा दर्शाउने चिन्ह्रहरु राख्नुपर्छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बीरेन्द्रबहादुर बोहराले भने, ‘ट्राफिक चिन्ह अनिवार्य रुपमा राख्नुपर्छ जसले दुर्घटना काम गर्न सहयोग गर्छ।’

तर कानूनअनुसार ट्राफिक चिन्ह नराखिएको भन्दै ट्राफिक प्रहरीले सम्बन्धीत निर्माण व्यवसायीलाई ताकेता भने नगरेको आरोप लाग्ने गरेको छ। 

धनगढी उप–महानगरपालिकाको बहुवर्षीय योजना अन्तरगत निर्माण भइरहेको पार्कमोडदेखि हसनपुर जोड्ने सडक पनि अलपत्र जस्तै भएको छ। 

निर्माण सुरु भएको लामो समय हँुदा पनि न कामले गति लिएको छ न सवारी चल्नसक्ने बाटो नै बनेको छ। 

त्यसैमाथि छिटो छरितो खोज्नेहरुले जबरजस्ती सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढ्दो छ। 

तर उप–महानगरपालिका ईन्जिनीयर दिजराज भट्टले भने उक्त सडकखण्डमा काम निरन्तर भइरहेपनि पुरानो जिल्ला विकास समितिको कम्पाउण्ड सार्नुपर्ने भएकालेसो क्षेत्रमा मात्रै काम रोकिएको बताए।  

पछिल्लो समय दुर्घटना बढ्दै गएको हुलाकी सडकमा समेत निर्माण कम्पनीले लापरवाही गर्न थालेको आरोप लागेको छ। सम्बन्धीत निकायको वेवास्ता पनि अर्को कारण भएको बताइन्छ।

‘दुर्घटना चालककै लापरवाहीका कारण भएको हो,’ हुलाकी सडक योजना कार्यालयका सूचना अधिकारी पदमबहादुर मडैले भने, ‘अहिले सडक निर्माणको काम समेत निरन्तर छ, कल्भटहरुमा विभिन्न चिन्हहरु पनि राखिएका छन्।’ निर्माणाधिन सडकहरु अलपत्र पर्दा आवातजावात गर्न समेत सास्ती भइरहेको छ।   

प्रतिक्रिया