ताजा अपडेट
पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड गयो
काठमाण्डौ - पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड गएको छ ।
कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृङ्खला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो ।
इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आजदेखि १४ दिन आइसोलेसनमा बस्नेछ । कोरोनाबाट केही खेलाडी सङ्क्रमित भए पनि पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका २० खेलाडीहरुको समूह भ्रमणमा निस्किएको हो ।
अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृङ्खला खेल्दैछ । दुई टोलीबीचको टेस्ट श्रृङ्खला जुलाई ३० मा सुरु हुनेछ भने टी–ट्वेन्टी श्रृङ्खला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया