ताजा अपडेट
पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड गयो
काठमाण्डौ - पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड गएको छ ।
कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृङ्खला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो ।
इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आजदेखि १४ दिन आइसोलेसनमा बस्नेछ । कोरोनाबाट केही खेलाडी सङ्क्रमित भए पनि पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका २० खेलाडीहरुको समूह भ्रमणमा निस्किएको हो ।
अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृङ्खला खेल्दैछ । दुई टोलीबीचको टेस्ट श्रृङ्खला जुलाई ३० मा सुरु हुनेछ भने टी–ट्वेन्टी श्रृङ्खला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया