ताजा अपडेट
कैलालीमा लागूऔषधसहित पाँच जना पक्राउ
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका २३ वर्षीय किरण बोहरालगायत ५ जना छन्। उनीहरुको साथबाट प्रहरीले करिब ६ ग्राम ६ सय ६६ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।
उक्त जङ्गलमा लागूऔषध ओसारपसार भईरहेको सूचना आउन साथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले खैरो हेरोइनसहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया