Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

मेनुका ढुंगाना (अछाम)

नेकपा विभाजनको प्रभाव अछाममा जिल्लास्तरका नेता कार्यकर्तामा पर्न थालेको छ । एक साता देखि ओली समूह र प्रचण्ड - नेपाल समूहका छुट्टाछुट्टै  विस्तारित बैठक हुन थालेका छन् । आफ्नो , आफ्नो समूहमा भित्र्याउन दुवै पक्षका नेताहरुको प्रतिस्पर्धा हुन थालेको छ । एक पक्षले अर्को पक्षलाई कारबाहि गर्ने देखि पार्टिमा मनोनित गरेर पद दिने लगायतका गतिविधि बढेका छन् । पार्टी कार्यालय आफ्नो भएको भन्दै दुवै पक्षले दाबि समेत गर्न थालेका छन् । दुवै पक्षले पार्टि कार्यालय आफ्नो भएको दाबि गरेपछि मंगलसेन स्थित उक्त पार्टी कार्यालय प्रहरीले शिल गरेको छ ।

गत सोमबार ओली समूहले पूर्व मन्त्री एवं नेकपा सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाको प्रमुख आतिथ्यतामा मंगलसेनमा आमसभा गरेको थियो  । जिल्ला समन्वय समितिको हलमा सोमबार भएको विस्तारित बैठकबाट नेकपाका अध्यक्ष शेर बहादुर कुवँर र सचिव झपट साउदलाई कारबाहि गर्दै नयाँ कमिटि गठन गरेको छ । आधिकारिक नेकपा ओली समूह भएकाले पहिलेका अध्यक्ष र सचिव पार्टी विरुद्ध लागेको भन्दै कारवाहि गरिएको ओली समूहको नेकपाका केन्द्रिय सदस्य कृष्ण प्रसाद जैशीले बताए । चन्द्र बोहरा अध्यक्ष र डिबि साउद सचिव रहेने गरि विस्तारित बैठकबाट ४ सय ५१ जनाको जिल्ला कमिटि गठन गरिएको छ  । ‘पार्टीको विधान ,मर्यादा विपरीत  पार्टीको प्रथम केन्द्रिय अध्यक्षका विरुद्ध लागेकाले अध्यक्ष शेरबहादुर कुवँर र सचिव झपट साउदलाई पदमुक्त गरिएको छ ।’ ओली समूहको नेकपाका जिल्ला अध्यक्ष चन्द्र बोहराले भने ।

ओली समूह

ओली समूहमा पूर्वमन्त्री भिम बहादुर कडायत , प्रदेश सभाका पूर्व अर्थमन्त्री झपट बोहरा ,अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी ,संविधान सभा सदस्य भैरे कामी ,पूर्व जिविस सभापति कृष्ण प्रसाद जैशी ,मंगलसेन नगरपालिकाका मेयर पदम बोहरा , नेकपाका नेताहरु मना अधिकारी , भिम जनाला ,भिम विष्ट , कमल तिमिल्सेना  ,भक्त रावल , शिव प्रसाद उपाध्याय रहेका छन् । यी सबै नेताहरुलाई ओली समूहले केन्द्रिय सदस्य बनाइ सकेको छ । यस्तै कटक साउद , डम्बर बिसि , पदम बुढा , लक्ष्मी बोगटी , सरिता उपाध्यायलगायतका नेकपाका नेताहरु पनि ओलि समूहमै रहेका छन् ।

पूर्व एमाले र पूर्व माओवादी मिश्रीत ओली समूहले पार्टी कार्यालय आफ्नो भएकाले कुनै अराजक गतिविधि नगरेर पार्टि कार्यालय हात पार्ने तयारीमा लागेको छ । ‘संस्थापन पक्ष नै हाम्रो हो । पार्टि कार्यालय पनि हाम्रै हो । कुनै पनि अराजक गतविधि गर्दैनौ । पार्टीको चल ,अचल सम्पत्तिलाई तोडफोड गर्ने जस्ता अराजक काम हामीले गर्दैनौं ।’ अध्यक्ष बोहराले भने । उनका अनुसार पार्टिमा रहेको बैंक खाताबाट बैकिङ कारोबार गर्न रोक समेत लगाएको छ । ओली समूहले मंगलबार मंगलसेनमा नेता कार्यकर्ता जम्मा पारेर शक्ती प्रर्दशन गरेको छ ।

पार्टि एकताका अध्यक्ष र सचिव आफ्नो समूहमा भएको भन्दै प्रचण्ड– नेपाल समूहले आफ्ना गतिविधि मंगलसेन स्थित नेकपाको पार्टी कार्यालयमा गरिरहेको थियो । दुवै पक्षबाट दाबि सुरु भएपछि प्रहरीले पार्टि कार्यालय शिल गरेको हो । एकताका पार्टी अध्यक्ष र सचिव आफ्नो समूहमा भएको र जिल्लामा आफ्नै समूहको बहुमत भएकाले पार्टि कार्यालय प्रचण्ड– नेपाल समूहले आफ्नो बनाएको उक्त समूहका नेता नमराज न्यौपानेले बताए । आफ्नो समहूका विद्यार्थी नेता र युवा संघका नेताहरुको संयुक्त बैठकबाट पार्टिलाई मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको छ । ‘पार्टी कार्यालय हाम्रो हो । यदि कसैले हाम्रो हो भन्दै आउछ भने मुठभेडको स्थिती पनि सिर्जना हुनसक्छ  ।’ नेता न्यौपानेले भने । विद्यार्थी नेता र युवा नेताको सयुंक्त विस्तारित बैठक मंगलबार सकिने र त्यसपछि पार्टीका नेताहरुको उपस्तिथीमा अन्य कार्यक्रम गरिने न्यौपानेले बताए । अहिले आफ्नो पार्टीका गतिविधि गाउँस्तरमा भइरहेको उनले बताए ।

प्रचण्ड– नेपाल समूहमा अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्रि भिम रावल ,राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवँर , तारामान स्वार ,प्रदेशसभा सदस्य बदबहादुर सोडारी , अक्कल रावल , दुर्गा विक ,गोविन्द कुवर (हर्क) मना साउद रहेका छन् । त्यसैगरि एकताका केन्द्रिय सदस्य शरदसिंह भण्डारी , एकताका पार्टि सचिव झपट साउदलगायतका नेता रहेका छन् ।यस्तै साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर  , नेकपाका नेता शंकर भन्डारी पनि प्रचण्ड - नेपाल समूहमा छन् ।

 

दाहल नेपाल  - दा-ने समुह

पार्टि विभाजनको प्रभाव अछामका विद्यार्थी नेतामा समेत पर्न थालेको छ । पार्टि एकताका अनेरास्ववियूका जिल्ला संयोजक रहेका धुर्व बहादुर रावलले सह संयोजक निरक शाहिले पार्टिका गतिविधि विरुद्ध लागेको भन्दै काबाहिको सिफारिस गरेका छन् । उनी प्रचण्ड– नेपाल समूहमा छन् ।  अर्कोतिर एकताका सहसंयोजक निरक शाहिले संयोजक धुर्व बहादुर रावलले पार्टिको विरुद्धमा लागेको भन्दै कारबाहिको सिफारिस गरेका छन् । उनी ओली समूहमा छन् ।
 

प्रतिक्रिया