Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

खास के छ ? सरकारले ल्याएको नागरिक एपमा

खास के छ  ? सरकारले ल्याएको नागरिक एपमा

अहिलेको समयमा हामी मोबाइलबाटै अनेक किसिमका सेवा सुविधा लिन सक्छौं । सरकारले पनि आफ्ना विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको छ ।

तर छुट्टा छुट्टै सार्वजनिक सेवाका लागि अलग अलग एप प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले एक किसिमको झन्झटपूर्ण अवस्था सिर्जना गरेको छ ।

विभिन्न एपका लागि फरक फरक लग ईन र पासवर्ड सम्झिरहनु अहिलेको समयमा एउटा बेग्लै चुनौती हो । यस किसिमका समस्याको अन्त्य गर्दै संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी सरकारले नागरिक एप ल्याएको हो ।

सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सरकारले डिजिटल नेपाल निर्माण गर्ने घोषणा गरेको छ । २०७५/७६ को सरकारी नीति तथा कार्यक्रमले नै परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारशिला हुने विश्वास लिइएको छ ।

राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता निकायमा सेवा लिन जाँदा पक्कै पनि तपाईंले अनेक झन्झटको सामना गर्नु भएकै होला । नागरिक एपले यस्ता सेवाका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने सरकारको दाबी छ ।

यसबाट नागरिकको समय बचत हुने, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भस्ट्राचार न्यूनिकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो एप हरेक नेपाली नागरिकले सहजै प्रयोग गर्न सक्ने गरी तयार पारिएको छ ।

अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सकिने डिजिटल विवरण छन् । उदाहरणको लागि गृह मन्त्रालयसँग दुई करोडभन्दा बढी नागरिकताको विवरण छ ।

औंठा छाप र फोटोसहित एक करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगको सर्भरमा छ । त्यस्तै ६० लाखभन्दा बढी नागरिकको पासपोर्ट राहदानी विभागसँग छ ।

यी तीनै स्थानमा रहेका विवरणलाई प्रयोग गरी यो एपमा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । यसमा क्रमशः राष्ट्रिय परिचयपत्रलाई समेत जोड्ने सरकारको योजना छ ।

कुनै सेवा लिँदा कागजपत्र बुझाउनुपर्ने झन्झट अन्त्य गर्न एपले स्वचालित रुपमा आवश्यक विवरण लिने तथा पुष्टी गर्ने काम गर्दछ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता अनेकथरी विवरण बुझाउनुपर्ने लगायतका झन्झट यसले अन्त्य गरिदिने बताइएको छ ।

उदाहरणका लागि एपमा नागरिकता नम्बर राखेर त्यसकै आधारमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रकृया थाल्न सकिन्छ । यो सेवा एपमा उपलब्ध भइसकेको छ ।

आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप र यसमा रहेका सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइल नम्बर राखिसकेपछि कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रुपमा पत्ता लगाउन सक्छ ।

नागरिकता नम्बरकै भरमा एपले सम्बन्धित निकायको सिस्टममा पहुँच बनाउँछ । उदाहरणका लागि कुनै सरकारी कार्यालयलाई तपाईंको प्यान अथवा नागरिकता विवरण चाहिने भए एपले राजश्व विभाग वा गृह मन्त्रालयको सिस्टमबाट स्वचालित रुपमा त्यसलाई प्राप्त गर्न सक्छ ।

यसको अर्थ तपाईंले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्दैन । केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने घोषणा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।

एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि स्वतः आवेदन भरिने गरी यसको डिजाइन गरिएको छ । सरकारका विभिन्न निकायसँग भएका तपाईंका प्रमाणीत विवरण नै यसले स्वचालित रुपमा रुजु गर्दछ ।

जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नरहने बताइएको छ । पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा यो एपमा समेटिनेछन् ।

यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पुर्‍याउने अपेक्षा छ ।

 

प्रतिक्रिया

ट्रेन्डिङ