ताजा अपडेट
बैतडीमा हतियार र अवैध सुर्तीजन्य पदार्थ सहित तीन जना पक्राउ
बैतडी- बैतडीमा हतियार सहित अवैध सुर्तीजन्य पदार्थ तस्करीमा संलग्न तीजना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय बैतडीबाट खटिएको टोलीले भन्सार छली ल्याएको अवैध सुर्तीजन्य पदार्थ र हतियार सहित तीनजनालाई पक्राउ गरेको हो।
बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक नारायण प्रसाद अधिकारीले पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका वडा नबर ८ का २२ वर्षीय आकाश चन्द,१९ वर्षीय दिपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेको बताए।
उनीहरुलाई दशरथचन्द नगरपालिका वडा नमबर ८ को नल्तडी स्थित जंगलमा पर्ने घरको कम्पाण्डमा भन्सार छलेर ल्याईएका सुर्तीजन्य पदार्थ र दुई थान खुकुरी बरामद गर्दै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए।
उनीहरुको साथबाट एक लाख ५० हजार मुल्य बराबरको तीन पेटी बिडी, एउटा ट्युब बरामद गरिएको प्रहरीले जनाएको छ। तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया