Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस्

अर्काको नाममा रहेको सिमकार्ड चलाउनुहुन्छ ? आफ्नो नाममा यसरी नामसारी गर्नुहोस्

सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । यसअन्तर्गत सबै सेवा एक स्थानबाट लिन सकिने गरी नागरिक एप निर्माणको काम सम्पन्न भएर परीक्षणको क्रममा रहेको छ ।

राष्ट्रिय परिचय पत्र र नागरिक एप दुवैलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको तयारी छ । यसरी सिमकार्डसँग तपाईंको धेरै कुरा जोडिने भएकाले पनि आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने वाध्यता भएको छ ।

अर्कोतर्फ नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण पनि एक जना व्यक्तिको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड राख्न नपाउने व्यवस्था गरेको छ ।

त्योभन्दा पनि महत्वपूर्ण कुरा तपाईंको  सिमकार्ड तपाईंको बैंकिङ कारोबार देखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले पनि सुरक्षाको हिसाबले सिमकार्ड आफ्नै नाममा हुन जरुरी छ ।

त्यसैले यहाँ हामी तपाईंलाई अन्य व्यक्तिको नाममा रहेको तर, तपाईंले लामो समय देखी प्रयोग गर्दै आउनु भएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्ने तरिका सिकाउँदै छौं ।

यो प्रक्रिया सेवा प्रदायक अनुसार केही फरक हुने भएकाले सेवा प्रदायक अनुसार नै तपाईंले आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकम

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसकालागि सुरूमा  सिमकार्ड कसकाे नाममा छ पत्ता लगाउन आवश्यक छ ।

त्यति गरेर तपाईं टेलिकमको कार्यालय भने अनिवार्य रुपमा पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएकाले सिमकार्ड नामसारीको प्रक्रिया पनि सिम अनुसार फरक नै रहेको छ ।

१. प्रिपेड

टेलिकमका अनुसार यदि प्रिपेड प्रयोगकर्ताले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नुपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैले प्रयोग गरिरहेको हुनुपर्छ ।

यदि त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटाे लिएर कार्यालयमा पुग्नुपर्ने हुन्छ । त्यहाँ तपाईंले कबुलियत नामको एउटा फर्म भनुपर्ने हुन्छ ।

त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ ।

२. पोस्टपेड

पोस्टपेडको हकमा भने नामसारीको प्रक्रिया केही झन्झटिलो रहेको छ । त्यसका लागि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यलयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालयमा पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकता सहित फोटो कपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य छ । भने, लिने व्यक्तिको एक प्रति फोटाे पनि आवश्यक पर्नेछ ।

यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरी ५ सय ६५ रुपैंया तिरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।

एनसेल

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ ।

साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो साथमा हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ । तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ ।

पछिल्लो ६ देखी ८ महिनाअघि डायल गरेका १० देखि १५ वटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ । साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ ।

यति भएको खण्डमा सिमकार्ड नामसारी हुनेछ ।

स्मार्टसेल

यदि तपाईं स्मार्टसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अन्य अन्य सेवा प्रदायकमा जस्तै स्मार्टमा पनि त्यही नै प्रक्रिया छ । त्यसका लागि तपार्ईं स्मार्टको कुनै पनि सेन्टरमा पुग्नुपर्छ ।

साथमा सिमकार्डमा नाम भएको व्यक्ति र सिमकार्ड लिने व्यक्ति दुबै उपस्थिति हुनुपर्छ । सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उसको वारिसनामा, उक्त व्यक्तिको नागरिकताको फोटोकपी भने आवश्यक छ ।

सिमकार्ड लिने व्यक्तिको हकमा उसको सक्कली नागरिकता, नागरिकताकाे एक प्रति फोटोकपी र एउटा फोटो आवश्यक पर्छ ।

यति भएसँगै तपाईंले कार्यालयमा गएर त्यहाँ रहेको एउटा फर्म भरी आफूले सिमकार्ड प्रयोग गरिरहेको तथ्य खुलाई एउटा निवेदन बुझाउनु पर्नेछ । यति गरेको खण्डमा तपाईंले प्रयोग गरिरहेको सिमकार्ड तपाईंकै नाममा आउने छ ।

प्रतिक्रिया