Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

दा-ने समूहले माघ ९ गते प्रदर्शन गर्ने

दा-ने समूहले माघ ९ गते प्रदर्शन गर्ने

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको केन्द्रीय संघर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिए। जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गरे।

सहसंयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्थालाई आग्रह गरिएको छ। जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ। 

आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकरा र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएको नेता भट्टराईले जानकारी दिए। रासस

प्रतिक्रिया