Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आफूले न्यायाधीशसँग नभेटेको ओलीको जिकिर

आफूले न्यायाधीशसँग नभेटेको ओलीको जिकिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचार गलत भएको भन्दै स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको तर अदालतप्रति वितृष्णा उत्पन्न गराउन त्यस्तो प्रचारबाजी गरेको बताएका छन्। शनिबार ओली पक्षीय नेकपाको प्रदेश १ सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायाधीश भेटेको भन्दै झुटो प्रचार गरिएको बताए।

‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए। यति बजेदेखि यतिबजेसम्म भेटे भनेर प्रचार गरियो। योभन्दा ठूलो झुट, योभन्दा बढी बेइमानी के हुन सक्छ ? न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले न्यायाधीशहरूलाई आफूले भेटेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। ‘ती नाम गरेका न्यायाधीशजीहरूलाई मैले सायद कहिल्यै भेटेको छैन, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला सपना प्रधान माननीयलाई भेटेको थिएँ, त्यो पनि यस्तै कार्यक्रममा। अरू न्यायाधीशहरूलाई देखेको पनि छैन, सायद चिनेको पनि छैन,’ प्रधानमन्त्री ओलीले भने। शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्ये शशी श्रेष्ठले सर्वोच्च अदालतको संवैधानिक इजलासका चारजना न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको प्रसंग निकालेपछि प्रधानमन्त्रीले न्यायाधीशहरूलाई भेट गरेकै हुन् त ? भन्ने प्रश्न उठेको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने मन्त्रिपरिषद् निर्णयमा संविधानको धारा खुलाउनुपर्छ भनेर कुन संविधानको कुन धारामा लेखेको छ भनेर प्रश्न गरेका थिए।

उनले पार्टीका नेताहरूलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कनुपर्ने बताएका थिए। पुष्पकमल दाहालको नाम नलिई जसले अहिलेसम्म सूर्य चिह्नबाट चुनाव लडेको छैन उसलाई नै सूर्य चिह्न चाहिएको रहेछ भनेर व्यंग्य पनि गरेका थिए। ‘जसले एक पटक सूर्य चिह्नमा चुनाव लडेको छैन, उसलाई किन चाहियो सूर्य चिन्ह ? निर्वाचन नै चाहिँदैन भन्नेहरूलाई चुनाव चिह्न चाहिएछ,’ प्रधानमन्त्री ओलीले भने।उनले नेपाल–दाहाल समूहप्रति लक्षित गर्दै आफूले जनता हँसाउँदै हिँड्दा चिन्ता गर्न थालेको टिप्पणी गरेका थिए। ‘उहाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिँड्दा चिन्ता छ। के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिडौं,’ प्रधानमन्त्री ओलीले भने। उनले मजदुरमा मुस्कान ल्याउन चाहेको, नानीहरूका आँखाबाट आँसु पुछ्न चाहेको पनि बताए।  नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया