Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आफूले न्यायाधीशसँग नभेटेको ओलीको जिकिर

आफूले न्यायाधीशसँग नभेटेको ओलीको जिकिर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचार गलत भएको भन्दै स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको तर अदालतप्रति वितृष्णा उत्पन्न गराउन त्यस्तो प्रचारबाजी गरेको बताएका छन्। शनिबार ओली पक्षीय नेकपाको प्रदेश १ सम्पर्क कमिटीद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायाधीश भेटेको भन्दै झुटो प्रचार गरिएको बताए।

‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए। यति बजेदेखि यतिबजेसम्म भेटे भनेर प्रचार गरियो। योभन्दा ठूलो झुट, योभन्दा बढी बेइमानी के हुन सक्छ ? न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले न्यायाधीशहरूलाई आफूले भेटेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। ‘ती नाम गरेका न्यायाधीशजीहरूलाई मैले सायद कहिल्यै भेटेको छैन, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला सपना प्रधान माननीयलाई भेटेको थिएँ, त्यो पनि यस्तै कार्यक्रममा। अरू न्यायाधीशहरूलाई देखेको पनि छैन, सायद चिनेको पनि छैन,’ प्रधानमन्त्री ओलीले भने। शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्ये शशी श्रेष्ठले सर्वोच्च अदालतको संवैधानिक इजलासका चारजना न्यायाधीशले प्रधानमन्त्री ओलीलाई भेटेको प्रसंग निकालेपछि प्रधानमन्त्रीले न्यायाधीशहरूलाई भेट गरेकै हुन् त ? भन्ने प्रश्न उठेको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने मन्त्रिपरिषद् निर्णयमा संविधानको धारा खुलाउनुपर्छ भनेर कुन संविधानको कुन धारामा लेखेको छ भनेर प्रश्न गरेका थिए।

उनले पार्टीका नेताहरूलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कनुपर्ने बताएका थिए। पुष्पकमल दाहालको नाम नलिई जसले अहिलेसम्म सूर्य चिह्नबाट चुनाव लडेको छैन उसलाई नै सूर्य चिह्न चाहिएको रहेछ भनेर व्यंग्य पनि गरेका थिए। ‘जसले एक पटक सूर्य चिह्नमा चुनाव लडेको छैन, उसलाई किन चाहियो सूर्य चिन्ह ? निर्वाचन नै चाहिँदैन भन्नेहरूलाई चुनाव चिह्न चाहिएछ,’ प्रधानमन्त्री ओलीले भने।उनले नेपाल–दाहाल समूहप्रति लक्षित गर्दै आफूले जनता हँसाउँदै हिँड्दा चिन्ता गर्न थालेको टिप्पणी गरेका थिए। ‘उहाँहरूलाई केपी ओलीले मान्छे हँसाउँदै हिँड्दा चिन्ता छ। के म मान्छे मार्दै, दुनियाँलाई रुवाउँदै हिडौं,’ प्रधानमन्त्री ओलीले भने। उनले मजदुरमा मुस्कान ल्याउन चाहेको, नानीहरूका आँखाबाट आँसु पुछ्न चाहेको पनि बताए।  नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया