Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मध्यपहाडी सडकको काम सुस्त

मध्यपहाडी सडकको काम सुस्त

मेनुका ढुंगाना ( अछाम) 


सरकारले गौरवको आयोजनाको सूचीमा राखेको मध्यपहाडी लोकमार्गअन्तर्गत बयालपाटा –मंगलसैन , मंगलसैन –ठाटिखाँरद र बिनायक– बेलखेत खण्डमा कालोपत्रेको काम सकिएको छ । बिचमा पर्ने बिनायक–ठाटीखा“द खण्डको निर्माणमा पर्ने १६ किलोमिटर काममा ढिलाइ भएको हो । निर्माणको जिम्मा पाएको पहिलो समूहले निर्माणको लागि आवश्यक मेशिन तथा उपकरण , क्रसर, टिपर, जेसिवि,  स्काभेटर, लोडर गुणस्तर मापनका लागि ल्याब लगायतका सामान  तथा पुर्वाधार, दक्ष जनशक्तीको अभावले निर्माण कार्य ढिलो भएको कर्मचारीको भनाइ छ ।  पहिलेको समूहले काम गर्न नसक्ने बताएपछि अहिले अर्को समुहले काम गरिरहेको छ ।

अहिले कालोपत्रेको लागि प्रक्रिया सुरु भएको छ । निर्माण कम्पनिले समयमै आवश्यक सामाग्री उपलब्ध नगराउ“दा काम ढिलो भएको हो ’ एक कर्मचारीले भने, ‘यहाँ काम गर्ने कर्मचारीको बिमा पनि भएको थिएन । उच्च जोखिममा काम गर्न चुनौती थियो । साइडको भुगोल र मौसमले पनि साथ दिएन ।’ निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाका प्रमुखको वेवास्ताकै कारण निर्माणमा ढिलाई भएको साइडमा कार्यरत एक कर्मचारीले बताए । ‘ हामीलाई पनि अन्य ठाउ“मा काम भइरहे जस्तै गरी उत्साहका साथ काम गर्न मन थियो ।  लापरवाहि धेरै भयो । कर्मचारीलाई हौसला र उत्साह त कहाँ हो कहाँ सामाग्री पनि समयमा आएन ।’

२०७३ बैसाख १६ गते सम्झौता भई २०७६ बैसाख १५ सम्म कालोपत्रे सक्ने लक्ष्य रहेको यो आयोजनाको अछामको तिन खण्डमा काम सम्पन्न  भए पनि बिचको खण्डमा काम सुस्त गतिमा काम भएकोे आयोजनाको साइड ईञ्जिनियर मनिस सिंहले बताए । ‘मंगलसैन ठाटीखाँद , बेलखेत – कैलाश खोला , बिनायक–बेलखेतको काम सय प्रतिसत नै सकियो ’ उनले भने ,‘बिचमा पर्ने यो खण्डमा काम सुस्त गतिमा भएको छ । समयमै काम सम्पन्न हुनुपर्छ भनेर हामीले पटकपटक चिठी समेत पठाएका छौं ।’ पटकपटक गरी ३ पटकसम्म काम सम्पन्न गर्नलाई म्याद थपिएको र अब पनि म्याद सकिन १ महिना मात्र बाकी रहेको उनले बताए । उनका अनुसार यहि पुस ९ गते जिल्लामा सरोकारवालाको बैठकले काम ढिलाइको कारण बारे छलफल गरेपछि अहिले काममा निरन्तरता भएको छ ।

उक्त सडक खण्डमा काम गरिरहेको राजेन्द्र निर्माण सेवाले समयमै काम सम्पन्न नगरे जरिवाना तिनुपर्ने छ ।‘ तिन पटकसम्म म्याद थपिएको हो । अब म्याद थप हुन सक्दैन । जरिवाना तिर्नुपर्छ ’ उनले भने ,‘अब २ किलोमिटर सडक कालोपत्रे गर्न बाकी छ । कालोपत्रे गर्दा उच्च तापक्रम चाहिन्छ । अहिले रिस्क लिएर कम्पनीले काम गरिरहेको छ ।’ तापक्रमलाई व्यवस्थापन गरेर काम भइरहेको र पछि बिग्रेमा कम्पनि नै जवाफदेहि हुने गरि सम्झौता गरिएको उनले बताए ।

साइडमा काम गर्ने मान्छेले कहिल्यै निरन्तरता नदिएको स्थानीयको भनाइ छ ।  ‘महिनाको एक दुइ पटक यहाँ काम गर्ने मान्छे देखिन्छन् । फेरी बिचमै छोड्छन् । काममा निरन्तरता नै छैन ।’ स्थानीय कोषराज तिमिल्सैनाले भने ,‘यहाँ मान्छे आएका बेला किन ढिलो भयो भनेर हामी पनि सोधिरहेका छौं । तर, वास्ता नै गर्दैनन् ।’ स्थानीयका अनुसार एकै पटक धेरै मान्छे आएर सडकमा काम गरेजस्तो मात्रै भएको छ । निर्माण कम्पनिको लापरबाकिा कारण यो खण्डको काम तिव्र गतिमा अघि बढ्न नसकेको उनिहरुको ठहर छ । ‘मंगलसैन देखि सुर्खेत जोड्ने मुख्य सडकमा ठूलो पहिरो छ । वर्षामा धेरै जोखिम हुन्छ । ठेकेदारले पहिले पहिरोको काम सक्नु पर्ने हो ’ स्थानीय उमा तिमिल्सैनाले भनिन् ,‘सरोकारवालाले चासो नदिएसम्म यो सडकको काम सकिएला जस्तो लाग्दैन ।’

सडक कालोपत्रे भएपछि आर्थिक गतिविधि बढ्ने, तराइँँका जिल्ला जोड्नका लागि छोटो रुट हुने लगायतका सुिवधाका कारण स्थानयहरु लोकमार्ग कालोपत्रेको ब्यग्र प्रतिक्षामा छन् । मध्यपहाडी लोकमार्ग निर्माण कार्य सम्पन्न भएपछि अछाम सहित छिमेकी जिल्लाहरुमा पनि आर्थिक गतिविधीहरु बढ्ने र यस क्षेत्रको समृद्धि हुने आसा गरीएको छ । 
 

प्रतिक्रिया

ट्रेन्डिङ