ताजा अपडेट
नेविसंघका नेता खनालद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
माघ ३ , अछाम
पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खचिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर, केहीमा भने सामाजिक भावना पनि रहेको छ । यसै अनुरुप जिल्लाको एक युवाले आफ्नो र भाइको जन्मदिनको खर्च विद्यालयको शैक्षिक विकासका लागि खर्चिएका छन ।
नेपाल विद्यार्थी संघ अछामका नेता चन्द्रदेव खनालले भाइ चेतराज खनाल र आफ्नो जन्मदिनको अवसरमा आफूले पढेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । साँफेबगर नगरपालिका -५ मा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । आफूले माध्यमिक तहसम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीको शैक्षिक विकासका लागि जन्मदिनको खर्च कटाएर केही शैक्षिक सामाग्री हस्तान्तरण गरेको खनालले बताए । विद्यालयको कक्षा १ देखि १० सम्मका ३१ जना जेहेन्दार विद्यार्थलाई शैक्षिक सामाग्री वितरण गरिएको खनालले बताए । साथै विद्यालयलाई मार्कर समेत वितरण गरिएको उनले बताए ।
विद्यालयमा अन्यनरत कक्षा एक देखी दश सम्मका ३५ जना विद्यार्थीलाई आवश्यक कपि कलम र अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका छन । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले आफूले शैक्षिक सामाग्री प्रदान गरेको खनालले बताए । विद्यार्थीको शैक्षिक उन्नतीको लागि जन्नदिन मनाउने खर्च कटाएको छु । उनले भने, ‘शिक्षा क्षेत्रको उन्नयनका लागि मेरो निरन्तर प्रयास रहने छ । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतीका लागि कहिलै सोच्दैनौं ।’
शैक्षिक सामाग्री वितरण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक टिकाराम बुढ्थापाले गर्नुभएको थियो भने प्रमुख अतिथी विद्यालय व्यवस्थापन समिती अध्यक्ष एवम वडा अध्यक्ष उज्जिर साउद रहनु भएको थियो । विशिष्ट अतिथी शिक्षक अभिभावक संघ अध्यक्ष एवम पुर्व गाविस अध्यक्ष मोति सिंह तिरुवा रहनु भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया