ताजा अपडेट
कहिले र कहाँ हुँदैछ पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा ?
नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो ।
साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आज बसेको शाखाको बैठकले निर्णय गरेको छ । शनिबार पत्रकार महासङ्घको टोली हेलम्बु पुगेको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया