ताजा अपडेट
सर्वोच्चको विज्ञप्तिप्रति प्रेस युनियनको आपत्ति
नेपाल प्रेस युनियनले रातोपाटी डट कम र नेपाल खबर डट कम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयवावु शिवाकोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञतिमा आचारसंहिता र कानुनको हवला दिएर सर्वोच्च अदालतले सञ्चारमाध्याम र सञ्चारकर्मीहरु विरुद्ध चेतावनीपूर्ण भाषा प्रयोग गर्दै तर्साउन खोजेकोप्रति युनियनको गम्भीर असहमति भएको जनाइएको छ । विज्ञप्ति भनिएको छ- ‘सम्मानित सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिको भाषा शैलीसँग आपत्ति जनाउँदै सञ्चारमाध्यामहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने कार्यको युनियन खेद प्रकट गर्दछ ।’
साथै सम्मनित अदालतबाट गौरबमय विरासत र इतिहासलाई निरन्तरता दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वातावरण बनाउन अभिभावकीय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको युनियनले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया