Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ज्ञानेन्द्र शाहीलाई मुख्यमन्त्री भट्टको कटाक्ष- भाग खोज्ने भ्रष्टाचार बिरोधी अभियान त होइन !

ज्ञानेन्द्र शाहीलाई मुख्यमन्त्री भट्टको कटाक्ष- भाग खोज्ने भ्रष्टाचार बिरोधी अभियान त होइन !

भ्रष्टाचर विरोधी महाअभियानका संयोजक ज्ञानेन्द्र शाहीलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भाग खोज्नका लागि अभियान सञ्चालन गरेको त होइन भनेर कटाक्ष गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरेका कार्यक्रमको खर्चको लिखित विवरण माग गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेको उनको समूहलाई मुख्यमन्त्री भट्टले २ थरिका भ्रष्टाचार बिरोधी अभियान सञ्चालन हुँदै आएको बताए। उनले राजनीतिज्ञ, मन्त्री, सरकारी कर्मचारी सबैले भ्रष्टाचार रोक्नुपर्ने बताएपछि कम नभएको भन्दै अभियान सञ्चालन गर्दै आएकाहरु माथि समेत आशंका व्यक्त गरेका हुन्। 

मुख्यमन्त्री भट्टले भने, “भ्रष्टाचार बिरुद्दको अभियान सञ्चालन तपाईहरुले गर्नु भएको छ। राम्रो अभियान हो। भ्रष्टाचार रोक्नुपर्छ त सबैले भन्छौ। रोकिदैन किन् ? यो एक प्रश्न छ। सबैले भन्छ। हामी नेताहरुले भन्छौ। मन्त्रीहरुले भन्छन्। नागरिकले भन्छन्। अन्य प्रशासनिक कर्मचारीले भन्छन्। सबैले भन्दा पनि नरोकिदाको पछाडिको कारण खोज्नुपर्यो। त्यो कारण जबसम्म खोज्न सक्दैनौ, तबसम्म सायद मलाई लाग्छ अभियान जोरले चलाउनुपर्ने देखिएको छ।”

उनले २ तरिकाबाट भ्रष्टाचार बिरुद्दको अभियान सञ्चालन हुँदै आएको बताए। “दुई तरिकाले अभियान सञ्चालन भइरहेका देखिएको छ। एउटा साँचिक्कै भ्रष्टाचार रोक्नका लागि, एउटा त्यसमा हिस्सा खोज्नका लागि। त्यसकारणले यो कुरालाई मध्यनजर गरेर यसको पछाडिको कारण खोज्नु भयो भने, त्यसमा बढी सफल्ता मिल्छ। आमजनतालाई पनि जोड्यौ भने, नागरिक समाजलाई जोड्यौ भने बढी सफलता मिल्छ। भ्रष्टाचार रोक्न सकिन्छ। त्यसको पक्षधर म पनि हो। कतिको रोक्न सकियो, त्यो समयले देखाउनेछ”, उनले भने।

हाम्रो नेपाल, हामी नेपालीका संयोजक शाहीले मुख्यमन्त्री भट्टलाई सुशासनका लागि थालिएको भ्रष्टाचार बिरुद्धको महाअभियान भाग खोज्नका लागि नभएको स्पष्ट पारेका छन्। उनले फोर्जी घोटाला, एन्सेल घोटाला लगायतका मुद्दाहरु अभियानले उठाएको उनको दाबी छ। 

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई गत आर्थिक वर्षको मृख्यमन्त्री एकीकरण वस्ती विकास कार्यक्रम, प्रदेश गौरवका जलविद्युत आयोजना, मृख्यमन्त्री एकीकृत कृषि कार्यक्रम, नदी नियन्त्रण, खानेपानी संरचना निर्माण, प्रदेश गौरवका सडकलगायका योजनाहरुको खर्च र प्रगति माग गरिएको छ। 

प्रतिक्रिया

ट्रेन्डिङ