Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैतमा

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड चैतमा

 नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले ‘एनएसजेएफ सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७७’ चैत ६ मा आयोजना गर्ने भएको छ । 

धनगढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम र सिंगो नेपालकै नाम चिनाउन अग्रसर खेलकर्मी र खेलाडीको सम्मानका लागि सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करणको तयारीमा जुटेको मञ्चले जनाएको छ । २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षकसहित विभिन्न विधा गरी ९ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । अवार्डमा सुदूरपश्चिम प्रदेशका खेलाडी तथा प्रशिक्षक मात्रै समावेश गरिने छ ।

पहिलो संस्करणमा ६ विधामा अवार्ड प्रदान गरिएकामा दोस्रोमा तीन विधा थपिएको छ । अघिल्लो वर्षजस्तै यस वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका साथै यो बर्षदेखि पिपल्स च्वाइस अवार्ड तथा सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई अवार्ड प्रदान गरिनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र महासचिव प्रदीप पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी चार विधाका विजेतालाई ३० हजारसहित ट्रफी प्रदान गरिनेछ । युवा, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्टका विजेताले २५ हजार पाउनेछन् । सुदूरपश्चिम आइकन महिला र पुरुषलाई २० हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया