ताजा अपडेट
आज देशभरका वडाहरुमा काँग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्दै
नेपाली काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गर्दैछ। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेस आन्दोलनमा ओर्लिएको हो।
आजको विरोध प्रदर्शन ६ हजार ७४३ वडामा हुनेछन्। विरोध सभामा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन सभापति शेरबहादुर देउवाले अपिल गरेका छन्। संविधानमा भएको व्यवस्था प्रतिकुलका कार्यमा काँग्रेस एकमत रहेको उल्लेख गर्दै देउवाले असंवैधानिक कदमविरुद्ध एक्यवद्धता प्रकट गर्नसमेत अपिल गरेका छन्।
यसअघि काँग्रेसले पुस १३ गते १६५ प्रतिनिधि सभा क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा क्षेत्र र माघ ३ गते सबै स्थानीय तहहरुमा विरोध प्रदर्शन तथा विरोध सभा गरी ओली सरकारको कदमको विरोध गरिसकेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया