Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा निर्वाचनको तयारी हुँदै

अछाममा निर्वाचनको तयारी हुँदै

माघ ,०९ अछाम

सरकारले तोकेको मितिमै निर्वाचन भए निर्वाचन सफल पार्न आ आफ्नो  क्षेत्र बाट सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । निर्वाचन गर्नु आफैमा लोकतान्त्रिक प्रणाली भएकाले यसमा सबैको सहभागीता रहने र निर्वाचन भएमा सफल पार्न आ आफ्नो सकारात्मक सहयोग रहने बताएका हुन । जिल्ला निर्वाचन कार्यालय अछामले आयोजना गरेको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत ) सरोकारवाला संगको अन्तक्रिर्या कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन ।

जिल्लामा मतदाताहरूका नामावलीमा धेरै त्रुटी देखिएकाले देखिएका त्रुटीहरू सच्याउन वडा स्तरसम्म सम्बन्धित कार्यालयबाट कर्मचारी खटाएर गतिविधि अगाडि बढाउन सुझाव दिएका छन । निर्वाचन भईहाले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्मपन्न गर्न प्रशासनले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी सरोकारवालाले निर्वाचन कार्यालय अछामका गतिविधिलाई थप प्रभावकारी बनाउन प्रचारप्रसारलाई बढि जोडदिनुपर्ने सुझाव दिएका छन । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरले सरकारले निर्वाचनको मिति तोकि सकेकाले निर्वाचन भईहाले सबै जिल्ला बासीले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

सबैले निर्वाचन प्रकृयामा सहभागी हुनुपर्ने उहाँको भनाई थियोे । कार्यक्रममा पंञ्चदेवल बिनायक नगरपालिकाका उप प्रमुख अम्बिका चलाउनेले मतदाता नामावली अद्यावधिक गर्न वडा तहसम्म जानुपर्नेमा जोडदिदै मिडियालाई भरपुर प्रयोग गर्नुपर्ने र निर्वाचन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाली काग्रेसका उपसभापति चन्द्र प्रसाद ढुंगानाले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले नेपाली काग्रेस चुनावको विरोधी नभएकाले निर्वाचन भएमा नेपाली काग्रेस चुनावमा भाग लिने र सफल पार्न जुटने प्रतिबद्धता जनाउनु भएको छ प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बान्निगढि जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्र खड्का , कमलबजार नगरपालिकाका उप प्रमुख भूमिसरण ढकाल बजगाई,नेकपाका भिम रावल, लिलाराज केसी, नेमकिपाका अध्यक्ष झंकर शाही , राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष तेज बहादुर बिष्ट , नागरिक समाजका अध्यक्ष शंकर रावल, पत्रकार महासंघका मेनुका ढुंगाना लगायतले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रमको सञ्चालन निर्वाचन कार्यालयका सुचना अधिकारी गजेन्द्र प्रकाश थारूले गर्नुभएको थियोे ।

प्रतिक्रिया