Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदुरपश्चिम प्रदेश सरकार अलमलमा, नेकपा विभाजनको ‘साइड इफेक्ट’

सुदुरपश्चिम प्रदेश सरकार अलमलमा, नेकपा विभाजनको ‘साइड इफेक्ट’

सुदूरपश्चिम प्रदेश सरकारका दुई वटा मन्त्रालय खाली भएको महिना दिन बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । नेकपाको आन्तरिक विभाजन र पदको भागबण्डा नमिल्दा सुदुरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

यस्तै एक महिनादेखि रिक्त भएका मन्त्री पदमा मुख्यमन्त्रीले नियुक्त गर्न सकेका छैनन्।संघीय सदन भंग भएपछि सुदूरपश्चिम सरकारमा दुई मन्त्रालय खाली भएका थिए। सुदूरपश्चिम प्रदेशमा दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकस परेको छ।

ओली समुहमा लागेको भन्दै भौतिक पुर्वाधार मन्त्री पठान सिह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पुस १४ गते पदमुक्त गरेका थिए। त्यसको झण्डै एक हप्तापछि पुस २२ गते आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका थिए। झपटबहादुर बोहरा, ओली समुहका केन्द्रीय सदस्य मनोनित भएका थिए।  भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्ट आफैँले लिएका छन्।

भौतिक पुर्वाधार मन्त्रालय खाली भएको २४ दिन र आर्थिक मामिला तथा योजना मन्त्रालय खाली भएको १५ दिनसम्म पनि मन्त्री नियुक्त भएका छैनन्। संविधान अनुसार मन्त्रीमण्डलको विस्तार, पुर्नगठनको अधिकार मुख्यमन्त्रीलाई हुन्छ।

मन्त्रीका आकांक्षी बढी देखिएकाले व्यवस्थापनका लागि मुख्यमन्त्री भट्टलाई सकस परेको हो। अहिले ६ जना प्रदेश सभा सदस्यहरुले मन्त्रीका लागि दाबी पेश गरिरहेका छन्। पार्टीका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, दार्चुलाबाट प्रदेश सभा सदस्य मानबहादुर धामी, डोटीबाट प्रदेश सभा सदस्य पुर्णा जोशी, कैलालीबाट निर्वाचित सदस्य तथा पुर्व संविधान सभा सदस्य विरमान चौधरी र पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारी अहिले प्रदेश मन्त्रीका प्रमुख दाबेदार हुन्।

संसद भंग भएर दुई समुहमा विभाजित नेकपाभित्र, सुदूरपश्चिम प्रदेश सभामा पनि दुई समुह देखिएका छन्। अहिले प्रचण्ड नेपाल समुहमा ३० जना प्रदेश सभा सदस्य छन्। ७ जना ओली समुहमा खुलेका छन् भने बझाङबाट निर्वाचित अर्जुनबहादुर थापा र दार्चुलाबाट निर्वाचित निर्मला जोशी क्रमश सभामुख र उपसभामुख हुन्।

नेकपाको ३७ जनाको अंक गणितमा ३० जना प्रचण्ड नेपाल समुह र ७ जना ओली समुहमा प्रस्ट देखिएका छन्। ‘तर मन्त्रीमण्डल विस्तार हुने बित्तिकै यो अंक गणित फेरिन सक्छ । यो सम्भावना देखिएकाले पनि मुख्यमन्त्रीलाई मन्त्रीमण्डल विस्तारमा सकस भइरहेको हो’, ओली समुहका बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य लिलाधर भट्टले भने, ‘केही प्रदेश सभा सदस्य मन्त्री हुन पाउने आशमा अहिले उतै देखिएका छन्।

मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले पनि मन्त्रालय विभाजन, संसदीय समितिहरु थप्ने कुरामा पनि छलफल चलिरहेको बताएका छन्।

प्रतिक्रिया