Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

अलिअलि मान्छे जम्मा गरेर उफ्रीरहन जरुरी छैन, 'वास्तविक जनप्रदर्शन २३ गते हुन्छ' - ओली

अलिअलि मान्छे जम्मा गरेर उफ्रीरहन जरुरी छैन, 'वास्तविक जनप्रदर्शन २३ गते हुन्छ' - ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रदर्शन भनेको कस्तो हुन्छ भनेर आफूहरुले गरेर देखाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले शुक्रबार प्रचण्ड माधव समूहले सडकमा केही हजार मानिस जम्मा गरेको टिप्पणी गरे।

भने, ‘रत्नपार्कमा केही मानिस जम्मा भए। हौसिएर भाषण गर्दै थिए। ८-१० हजार मानिस अगाडि देखेर भुँइमा खुट्टै थिएनन्। जनप्रदर्शन कस्तो हुन्छ हामी देखाउँछौँ।’ नेकपा ओली समूहले यही माघ २३ गते काठमाडौँमा जनसभा आयोजना गर्ने तयारी गरेको छ। ओलीले प्रचण्ड नेपाल समूहलाई अदालतलाई धम्की दिने काम नगर्न चेतावनी समेत दिए। प्रतिनिधिसभा पुनर्स्थापनाको व्यवस्था संविधानमा नभएको भन्दै उनले अदालतलाई नधम्क्याउन भनेका हुन्।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट पार्ने प्रयास गरे। आफूहरुले उहिल्यै गणतन्त्रका लागि व्यवस्थित अभियान चलाइसकेको र लोकतान्त्रिक आन्दोलनताका संयुक्त आन्दोलनको विकल्प नभएका बेला कांग्रेसले विधानबाट संवैधानिक राजतन्त्र हटाउनुपर्ने र आन्दोलनको माग स्पष्ट हुनुपर्ने आफ्नो तर्क रहेको उनले स्मरण गराए।

ओलीले वैशाखमा सरकारले घोषणा गर्ने निर्वाचन हुने दाबी गरे। तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने उनले बताए। निर्वाचनपछि पनि आफ्नै पार्टीको पुनः बहुमत आउने र सरकार बनाउने समेत ओलीले दाबी गरे। ।

आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्सामा समेटेपछि अरुको सरकारको विरोधमा खेल सुरु भएको उनको आरोप थियो। पार्टी र कम्युनिस्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको भन्दै उनले प्रश्न गरे, ‘आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला? विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ?’

प्रतिक्रिया

ट्रेन्डिङ