Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला कञ्चनपुरमा

थारु सङ्ग्रहालयको प्रचारप्रसार गर्न माघी मेला कञ्चनपुरमा

शुक्लाफाँटा नगरपालिका– ८ स्थित पर्यटकीय क्षेत्र भल्कामा रहेको थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि तीन दिने माघी मेलाको आयोजना गरिएको छ । नगरपालिकाको वडा नं ८ को कार्यालयले आयोजना गरेको मेलामा थारु संस्कृति झल्किने परम्परागत परिकार, पहिरन, गहना, रहनसहन  र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ ।

पर्यटकीय क्षेत्र भल्कामा रहेको परम्परागत थारु सङ्ग्रहालयको प्रचारप्रसारका लागि सांस्कृतिक माघी मेलाको आयोजना गरिएको वडाध्यक्ष बहादुर महराले बताए । दुई वर्षदेखि माघीका अवसरमा वडा कार्यालयले थारु संस्कृति जगेर्ना गर्ने र सङ्ग्रहालयको प्रचारप्रसारका लागि माघी मेलाको अयोजना गर्दै आएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राखिएका छन् । 

थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राखिएका छन् । सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्री, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिएका छन् ।

यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्कीलगायतका सामानसमेत सङ्ग्रहालयमा राखिएको छ ।  

लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिएको छ । सङ्ग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, विच्छयालगायत गहनासमेत अवलोकनकर्ताका लागि राखिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष पल्टा चौधरीले बताए ।

थारु समुदायका महिलाले लगाउने लेहङ्गा, चोली र पुरुषले लगाउने धोती, कमिज, अङ्गच्छासमेत सङ्ग्रहालयमा राखिएको उनले बताए। परम्परागत नृत्य तथा संस्कृति देखाउनका लागि अलग्गै परम्परागत शैलीको घर निर्माणको कार्यसमेत गरिएको छ । भल्का थारु समुदायको परम्परागत धार्मिकस्थलका रुपमा रहेको छ । भल्कामा रहेको कुण्डमा पानी माथि उफ्रने गर्दछ । कुण्डको पानी गर्मीमा चिसो र चिसोमा गरम हुने गर्दछ । माघी सङ्क्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।

माघीका बेला कुण्डको पानीले नुहाएमा चर्मरोग निको हुने जनविश्वास रहेको छ । स्वच्छ मनले भाकल गरेमा निःसन्तानले सन्तानको प्राप्ति गर्ने र मन पराएको युवतीसँग विवाह हुने स्थानीयवासीको भनाइ छ ।

सङ्ग्रहालयमा लागेको माघी मेलामा थारु कलाकारले परम्परागतसँगै आधुनिक नृत्य र गीत प्रस्तुत गर्ने कार्यलाई जारी राखेका छन । शुक्रबारदेखि लागेको मेलामा कैलाली, बाँके, बर्दियालगायत क्षेत्रमा थारु समुदायका ख्यातीप्राप्त लोकगीत गायक र नृत्यङ्गनाको जमघट लागेको छ ।

एकै ठाउँमा थारु समुदायको कलासंस्कृतिसँगै नृत्य हेर्नका लागि व्यवस्था मिलाइएको माघी मेला व्यवस्थापन समितिका संयोजक भागीराम चौधरीले बताउनुभयो । “हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति यहाँ युवा पिँढीलाई हेर्न र सिक्ने अवसर जुराएका छौँ”, उनले भने, “यस कार्यले थारु समुदायका कला संस्कृति जगेर्ना गर्नमा मद्दत पुग्छ ।” 

प्रतिक्रिया