ताजा अपडेट
ट्रफि सार्वजनिक भयो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको
आउँदो फागुन १४ र १५ गते आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफि शनिबार सार्वजनिक गरिएको छ।
आयोजक शिवपरीधाम तेक्वान्दो डोजाङले धनगढीको शिवपुरीधाममा आयोजित समारोहमा ट्रफि सार्वजनिक गरेको हो। शिवपुरी डोजाङ प्रमुख तेक्वान्दो प्रशिक्षक आशिष चन्दले पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने बताए।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलाली अध्यक्ष पुष्प कुँवरले प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्न खेलप्रेमी सबैसँग छलफल गरी अगाडि बढ्ने बताए।
महिला र पुरुष दुवैतर्फ १८ देखि ६३ केजि तौल समूहमा सम्पन्न हुने प्रतियोगिताका लागि तत्काल जिल्लास्तरीय प्रतियोगितामार्फत खेलाडी छनोट गरिने प्रशिक्षक चन्दले जानकारी दिए।
कार्यक्रममा तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह, देवराज चौधरी, बुद्धि खडकाले वर्तमान विषम परिस्थितिमा खेलाडीहरुको मनोबल उच्च राख्न प्रतियोगिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया