Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

ट्रफि सार्वजनिक भयो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको

ट्रफि सार्वजनिक  भयो   सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको

आउँदो फागुन १४ र १५ गते आयोजना हुने सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको ट्रफि  शनिबार सार्वजनिक गरिएको छ। 

आयोजक शिवपरीधाम तेक्वान्दो डोजाङले धनगढीको शिवपुरीधाममा आयोजित समारोहमा ट्रफि सार्वजनिक गरेको हो। शिवपुरी डोजाङ प्रमुख तेक्वान्दो प्रशिक्षक आशिष चन्दले पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने बताए।

कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति कैलाली अध्यक्ष पुष्प कुँवरले प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्न खेलप्रेमी सबैसँग छलफल गरी अगाडि बढ्ने बताए। 

महिला र पुरुष दुवैतर्फ १८ देखि ६३ केजि तौल समूहमा सम्पन्न हुने प्रतियोगिताका लागि तत्काल जिल्लास्तरीय प्रतियोगितामार्फत खेलाडी छनोट गरिने प्रशिक्षक चन्दले जानकारी दिए। 

कार्यक्रममा तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह, देवराज चौधरी, बुद्धि खडकाले वर्तमान विषम परिस्थितिमा खेलाडीहरुको मनोबल उच्च राख्न प्रतियोगिता आवश्यक  रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया