Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा १० खोपकेन्द्र तोकियो माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

सुदूरपश्चिममा  १० खोपकेन्द्र तोकियो माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

संघीय सरकारले सुदूरपश्चिमका १६ हजार बढिलाई पुग्नेगरि कोरोना भाइरस विरुद्धको खोप पठाएको छ। संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यान मार्फत आइतबार प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरि कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।  भोलि(सोमबार) वा मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्ने भएकाले त्यसका लागि आन्तरिक व्यवस्थापनको काम समेत थालिएको उनले बताए।  

प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ। उनीहरुलाई माघ १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाइने कार्कीले बताए।

यसअघि खोपका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क संकलन भएको जनाएको थियो। खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी नहुने बताइएको छ। 

यस्तै प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र समेत तय गरेको छ। सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई  खोप केन्द्र रुपमा तोकेको छ। अन्य जिल्लाको हकमा भने जिल्ला अस्पताललाई खोपकेन्द्र तोकिएको छ।  प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले खोप भण्डारणको सबै तयारी सकिएको जनाएको छ। 

भारतले हालै अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि पनि पठाएको हो। सुदूरपश्चिम कोरोना फैलिएको झण्डै ११ महिनापछि खोप आउन लागेको हो।

प्रतिक्रिया

ट्रेन्डिङ