ताजा अपडेट
रेडियो धनगढीकर्मी श्रेष्ठमाथि मालपोत कार्यालय प्रमुखद्वारा दुर्व्यवहार
मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले अपशब्द प्रयोग गर्दै पत्रकारमाथी हातपात गर्न खोजेका छन् । रिपोर्टिङका लागि मालपोत कार्यालय पुगेका रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठलाई कार्यालय प्रमुख केसीले दुव्र्यवहार गर्दै हातपात गर्न खोजेका हुन् ।
मालपोत कार्यालय कैलालीमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । “कर्मचारीद्धारा भएको कमजोरीका विषयमा बुझ्न कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनि घाम तापेर बसीरहेका थिए’,उनले भने,‘ हामी कार्यकक्षमा प्रवेश गरिसकेपछि प्रमुख कार्यकक्षमा आएका हुन ।”
कार्यालयमा भएको कमजोरी र कर्मचारीद्धारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनि एक्कासी जंगिएको पत्रकार श्रेष्ठले बताए । कार्यालयमा भएको कमजोरी सुधारका लागि पहल गर्नुपर्ने ठाउँमा उनि आफ्ना कर्मचारीलाई बचाउ गर्नमै तल्लिन थिए । उनले पत्रकार श्रेष्ठ माथि दुव्र्यवहार गर्दै अपशब्द समेत प्रयोग गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया