Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

होटेल र ब्यांक्वेटमा बसेर अध्यक्ष थपेछन्, निर्वाचन आयोगले देखाइदियो - ओली

होटेल र ब्यांक्वेटमा बसेर अध्यक्ष थपेछन्, निर्वाचन आयोगले देखाइदियो - ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई निर्वाचन आयोगले गतिलो झापड दिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह दाङको आयोजनामा देउखुरीमा भएको सभालाई सम्बोधन गर्दै उनले भने, "केही व्यक्ति पार्टीको बैठकमा नआएर ब्यांक्‍वेट, होटेल र रेस्टुरेन्टमा बसेर केपी ओलीलाई पार्टीबाट र साधारण सदस्यबाट निष्कासन गरेछन् । तर निर्वाचन आयोगले आइतबार मान्यता नदिने निर्णय गरेछ ।" 

निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्‍न दाबी गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्ड-माधव समूहले पार्टीबाट निकालेको हास्यास्पद भएको बताए । उनले भने, "तपाईंहरू अचम्म पर्नुहुन्छ होला, दुई-चारजना मान्छे पार्टीको बैठकमा नआएर बैठक छाडेर बाहिर गएर विभिन्न ब्यांक्‍वेटहरूमा बसेर, केपी ओलीलाई पार्टीबाट निकाल्यो अरे, साधारणसदस्यबाट पनि निकाले रे । हास्न मन लागेन तपाईंहरूलाई कुरा सुन्दा ?" 

साथै उनले आफैं-आफैंले अध्यक्ष घोषणा गरेको भन्दै त्यसलाई निर्वाचन आयोगले खत्तम पार्दिएको पनि बताए । "केही मानिस पार्टी छाडेर । बैठकमा नआएर । बाहिर गएर । चौतारीमा बसेर । म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्याछन्," उनले भने, "त्यो पनि हिजो निर्वाचन आयोगले खतम पार्दियो । अध्यक्ष सदस्य कोही भएका छैनौ भनेर ।"

प्रतिक्रिया