Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने

जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक माग, अनलाइनबाटै आवेदन दिन सकिने

राष्ट्रिय जनगणना २०७८ का लागि सरकारले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको हो । जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले कूल ४७ हजार जनशक्ति माग गरेको हो । 

इच्छुकले आगामी चैत ११ गतेसम्म अनलाइन दरखास्त फाराम भर्न सक्ने छन् । आइतबार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले अनलाइनबाटै दरखास्त दिन मिल्ने अनलाइन पोर्टलको शुरू गरेका हुन् ।

दरखास्त फारामका लागि कुनै शुल्क नलाग्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अनलाइनको पहुँचमा नहुनेहरुका लागि विभागले चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणना कार्यालय खोल्ने र चैत महिनाको ५ गतेदेखि चैत ११ गतेसम्म दरखास्त फाराम सम्बन्धित प्रदेश र जिल्ला कार्यालयमा बुझाउन सकिने बताइएको छ । 
सुपरिवेक्षकका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् ।

गणकका लागि न्यूनतम शैक्षिक योग्यता १०‌+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । भने १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र महिलाको हकमा ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।

अनलाइन दरखास्त फाराम तथा अन्य जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया