Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने भएकाे छ । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि उनीहरुकाे सुरक्षा कटौती गर्ने तयारी गरेको हाे ।सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए ।

स्रोतका अनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा राखेमा तलबलगायत अन्य सुविधा सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ । गृह प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षासम्बन्धी विषय भएकाले यो विषयमा बोल्न नमिल्ने बताए ।विशिष्ट र पूर्वविशिष्टको सुरक्षामा सबैभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालित हुँदै आएको छ । सशस्त्रका मात्रै तीन सयभन्दा बढी जनशक्ति पूर्व विशिष्टको सुरक्षामा छन् ।सबैभन्दा बढी सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री र केही गृहमन्त्री छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “थ्रेटको आकलन हेरर सुरक्षा दिने हो ।

तर यहाँ त्यस्तो छैन । पूर्व विशिष्टबाटै सुरक्षाकर्मीको दुरुपयोग भएको छ । सबैजना अनुशाशित नहुँदा हामीलाई गाहे भएको छ ।”स्रोतका अनुसार नयाँ मापदण्डमा पूर्वगृहमन्त्रीहरुलाई पद छाडेको कति वर्षसम्म कति सुरक्षाकर्मी दिने भन्ने पनि उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।पूर्वविशिष्टहरुले सशस्त्र र नेपाल प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसासंद, प्रहरीकै पूर्वअधिकारीले सुरक्षाबाहेक घरको भान्सेदखि चालकसम्म सुरक्षाकर्मी राख्ने क्रम बढेपछि गृहले मापदण्ड नै बनाएर सुरक्षा कटौतीको तयारी गरेको हो ।गृहले ल्याएको कार्यविधीमा सुरक्षा पाउने व्यक्तिहरुबारे स्पष्ट रुपमा खुलाइएको बताइएको छ । पूर्वप्रधानमन्त्रीमा सबैभन्दा बढी सुरक्षा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिँदै आएका छन् ।

प्रतिक्रिया