Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने

पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती हुने भएकाे छ । सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि उनीहरुकाे सुरक्षा कटौती गर्ने तयारी गरेको हाे ।सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो । मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए ।

स्रोतका अनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा राखेमा तलबलगायत अन्य सुविधा सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ । गृह प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षासम्बन्धी विषय भएकाले यो विषयमा बोल्न नमिल्ने बताए ।विशिष्ट र पूर्वविशिष्टको सुरक्षामा सबैभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालित हुँदै आएको छ । सशस्त्रका मात्रै तीन सयभन्दा बढी जनशक्ति पूर्व विशिष्टको सुरक्षामा छन् ।सबैभन्दा बढी सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री र केही गृहमन्त्री छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “थ्रेटको आकलन हेरर सुरक्षा दिने हो ।

तर यहाँ त्यस्तो छैन । पूर्व विशिष्टबाटै सुरक्षाकर्मीको दुरुपयोग भएको छ । सबैजना अनुशाशित नहुँदा हामीलाई गाहे भएको छ ।”स्रोतका अनुसार नयाँ मापदण्डमा पूर्वगृहमन्त्रीहरुलाई पद छाडेको कति वर्षसम्म कति सुरक्षाकर्मी दिने भन्ने पनि उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।पूर्वविशिष्टहरुले सशस्त्र र नेपाल प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसासंद, प्रहरीकै पूर्वअधिकारीले सुरक्षाबाहेक घरको भान्सेदखि चालकसम्म सुरक्षाकर्मी राख्ने क्रम बढेपछि गृहले मापदण्ड नै बनाएर सुरक्षा कटौतीको तयारी गरेको हो ।गृहले ल्याएको कार्यविधीमा सुरक्षा पाउने व्यक्तिहरुबारे स्पष्ट रुपमा खुलाइएको बताइएको छ । पूर्वप्रधानमन्त्रीमा सबैभन्दा बढी सुरक्षा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिँदै आएका छन् ।

प्रतिक्रिया