Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

‘अभियोगपत्र’ फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

‘अभियोगपत्र’ फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता ईश्वर पोखरेलले दुई सर्तमा पार्टी एकता हुन सक्ने दाबी गरेका छन् । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा हुने जनसभाको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेले अहिलेपनि अराजकता सिर्जना गरिएको र जनताका भावनामा चोट पुर्‍याउन खोज्नु खेदजनक भएकोले दुई सर्त माने एकता हुने दाबी गरेका हुन्।
 
माधव-प्रचण्ड समूहतर्फ संकेत गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप/‘अभियोग पत्र’ फिर्ता लिन र घोषित निर्वाचनमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए । ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ,’ पोखरेलले भने, ‘यो कार्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को अध्यक्ष, प्रथम अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यूलाई जुन गम्भीर आरोप/ अभियोग लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ र दोस्रो कुरा घोषित भएको निर्वाचनमा सहभागी हुनका लागि तयार भएर आउनुपर्छ त्यसो हुँदाखेरी अहिले जुन स्थिति देखा परेको छ त्यसलाई तत्काल टार्न सकिन्छ।’

उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक रहेको टिप्पणी समेत गरे। आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुगेको उनको बुझाइ छ। निर्वाचन आयोगले प्रचण्ड-माधव पक्षको नेकपाले गरेको निर्णयलाई मान्यता नदिएको पोखरेलको दाबी थियो।

रत्नपार्कमा हुने जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई 'सामान्य' भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका थिए। जनसभा परिचालन कार्यकमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकमारी ललितपुरमा रहने भएको छ। बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठनसमेत गरेको छ।

प्रतिक्रिया