Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

‘अभियोगपत्र’ फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

‘अभियोगपत्र’ फिर्ता लिएर निर्वाचनमा सहभागी भए पार्टी एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता ईश्वर पोखरेलले दुई सर्तमा पार्टी एकता हुन सक्ने दाबी गरेका छन् । बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा हुने जनसभाको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेले अहिलेपनि अराजकता सिर्जना गरिएको र जनताका भावनामा चोट पुर्‍याउन खोज्नु खेदजनक भएकोले दुई सर्त माने एकता हुने दाबी गरेका हुन्।
 
माधव-प्रचण्ड समूहतर्फ संकेत गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप/‘अभियोग पत्र’ फिर्ता लिन र घोषित निर्वाचनमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए । ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ,’ पोखरेलले भने, ‘यो कार्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को अध्यक्ष, प्रथम अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यूलाई जुन गम्भीर आरोप/ अभियोग लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ र दोस्रो कुरा घोषित भएको निर्वाचनमा सहभागी हुनका लागि तयार भएर आउनुपर्छ त्यसो हुँदाखेरी अहिले जुन स्थिति देखा परेको छ त्यसलाई तत्काल टार्न सकिन्छ।’

उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक रहेको टिप्पणी समेत गरे। आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुगेको उनको बुझाइ छ। निर्वाचन आयोगले प्रचण्ड-माधव पक्षको नेकपाले गरेको निर्णयलाई मान्यता नदिएको पोखरेलको दाबी थियो।

रत्नपार्कमा हुने जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई 'सामान्य' भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका थिए। जनसभा परिचालन कार्यकमको सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकमारी ललितपुरमा रहने भएको छ। बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष पोखरेलको अध्यक्षतामा २५ सदस्य सचिवालय गठनसमेत गरेको छ।

प्रतिक्रिया