Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

वडाध्यक्षको सरकारी मोटरसाइकल बझाङमा युवकको हत्या गर्न को प्रयोग !

वडाध्यक्षको सरकारी मोटरसाइकल बझाङमा युवकको हत्या गर्न को प्रयोग !

झाङमा युवकको हत्या गर्न वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको छ। छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको खुँडा प्रहार गरि विभत्स हत्या गरिएको घटनामा सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको कुरा आएकाले अनुसन्धान भइरहेको दिनेशखबरलाई बताए।

उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। अहिले प्रचण्ड–नेपाल समूहमा रहेको बताइन्छ। खड्काले सिंहको हत्या प्रकरणमा स्वयंम वडाध्यक्ष समेत शंकाको घेरामा रहेकाले थप कुरा अनुसन्धानपछि मात्र खुल्ने बताए।

उनकाअनुसार सिंहको हत्यामा संलग्न भएको आरोपमा मंगलबार नै छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायलाई पक्राउ गरिएको छ भने अर्का युवक प्रकाश ऐडी फरार छन्। प्रकाश नातामा वडाध्यक्ष ऐडीका भाइ पर्ने प्रहरीले जनाएको छ। 

स्थानीयका अनुसार वडाध्यक्षको मोटरसाईकलमा खुँडासहित आएका उनीहरुले सिंहको हत्या गरेका थिए। मोटरसाइकल प्रयोगबारे वडाध्यक्षसंग बुझ्न सम्पर्क गर्न खोजेपनि प्रयास सफल हुन सकेन । 

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिहको हत्या भएको प्रहरीको भनाइ छ। 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए। 

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले दिनेशखबरलाई बताए। उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्। 

यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।  

प्रतिक्रिया