Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

वडाध्यक्षको सरकारी मोटरसाइकल बझाङमा युवकको हत्या गर्न को प्रयोग !

वडाध्यक्षको सरकारी मोटरसाइकल बझाङमा युवकको हत्या गर्न को प्रयोग !

झाङमा युवकको हत्या गर्न वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको छ। छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको खुँडा प्रहार गरि विभत्स हत्या गरिएको घटनामा सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको कुरा आएकाले अनुसन्धान भइरहेको दिनेशखबरलाई बताए।

उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। अहिले प्रचण्ड–नेपाल समूहमा रहेको बताइन्छ। खड्काले सिंहको हत्या प्रकरणमा स्वयंम वडाध्यक्ष समेत शंकाको घेरामा रहेकाले थप कुरा अनुसन्धानपछि मात्र खुल्ने बताए।

उनकाअनुसार सिंहको हत्यामा संलग्न भएको आरोपमा मंगलबार नै छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायलाई पक्राउ गरिएको छ भने अर्का युवक प्रकाश ऐडी फरार छन्। प्रकाश नातामा वडाध्यक्ष ऐडीका भाइ पर्ने प्रहरीले जनाएको छ। 

स्थानीयका अनुसार वडाध्यक्षको मोटरसाईकलमा खुँडासहित आएका उनीहरुले सिंहको हत्या गरेका थिए। मोटरसाइकल प्रयोगबारे वडाध्यक्षसंग बुझ्न सम्पर्क गर्न खोजेपनि प्रयास सफल हुन सकेन । 

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिहको हत्या भएको प्रहरीको भनाइ छ। 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए। 

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले दिनेशखबरलाई बताए। उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन्। 

यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ।  

प्रतिक्रिया