Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा पहीलो दिन २ सय ३६ जनाले कोभिड १९ बिरूद्वको खोप लगाए

अछाममा पहीलो दिन २ सय ३६ जनाले कोभिड १९ बिरूद्वको खोप लगाए

कमल रावल, माघ १४ अछाम

जिल्ला अस्पताल मंगलसेन अछामबाट कोभिड १९ बिरुद्धको खोप अभियानको सुरुवात गरिएको छ । मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले कोभिड १९ बिरूद्वको खोप अभियानको सुरुवात भएको ब्यानर बाचन गरि सुरुवात गर्नु भएको थियो ।

खोप स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुंगाना र जिल्ला अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगरले पहिलो खोप लगाई जिल्ला अस्पतालमा शुरूवात गरिएपछी २ सय ३६ जनाले पहीलो दिन खोप लगाएका छन । शुभारम्भ गरिएको पहीलो दिन जिल्ला अस्पताल, बयालपाटा अस्पताल, मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, ऐम्बुलेन्स चालक, सुरक्षाकर्मि गरि २ सय ३६ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत झपटराज ढुगाँनाले जानकारी दिनु भयो ।

दोश्रो दिन बान्नीगढी जयगढ गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका तथा तेश्रो दिन पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाँउपालिका र मेल्लेख गाँउपालिकाका अन्र्तगतका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ । यस्तै चौथो दिन तुर्माखाँद गाँउपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका स्वास्थ्यकर्मी र सरकारले प्राथमिक्तामा रोखका व्यक्तीहरुलाई खोप दिईने छ भने १८ गते छुटफुट रहेकाहरुलाई खोप दिईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

खोप लगाउदा हुन सक्ने अवाञ्छित घटनाको ब्यवस्थापनको लागि जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाज, डाक्टर दिनेश गिरी, अस्पतालका नर्सिङ निरीक्षक गंगा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुगाँनाले बताउनु भयो ।

प्रतिक्रिया