Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाममा पहीलो दिन २ सय ३६ जनाले कोभिड १९ बिरूद्वको खोप लगाए

अछाममा पहीलो दिन २ सय ३६ जनाले कोभिड १९ बिरूद्वको खोप लगाए

कमल रावल, माघ १४ अछाम

जिल्ला अस्पताल मंगलसेन अछामबाट कोभिड १९ बिरुद्धको खोप अभियानको सुरुवात गरिएको छ । मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले कोभिड १९ बिरूद्वको खोप अभियानको सुरुवात भएको ब्यानर बाचन गरि सुरुवात गर्नु भएको थियो ।

खोप स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुंगाना र जिल्ला अस्पताल नर्सिङ निरीक्षक गंगा बुढामगरले पहिलो खोप लगाई जिल्ला अस्पतालमा शुरूवात गरिएपछी २ सय ३६ जनाले पहीलो दिन खोप लगाएका छन । शुभारम्भ गरिएको पहीलो दिन जिल्ला अस्पताल, बयालपाटा अस्पताल, मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेवीका, ऐम्बुलेन्स चालक, सुरक्षाकर्मि गरि २ सय ३६ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत झपटराज ढुगाँनाले जानकारी दिनु भयो ।

दोश्रो दिन बान्नीगढी जयगढ गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका तथा तेश्रो दिन पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाँउपालिका र मेल्लेख गाँउपालिकाका अन्र्तगतका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ । यस्तै चौथो दिन तुर्माखाँद गाँउपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका स्वास्थ्यकर्मी र सरकारले प्राथमिक्तामा रोखका व्यक्तीहरुलाई खोप दिईने छ भने १८ गते छुटफुट रहेकाहरुलाई खोप दिईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

खोप लगाउदा हुन सक्ने अवाञ्छित घटनाको ब्यवस्थापनको लागि जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाज, डाक्टर दिनेश गिरी, अस्पतालका नर्सिङ निरीक्षक गंगा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुगाँनाले बताउनु भयो ।

प्रतिक्रिया