Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २३ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

विभिन्न ऐन तथा कार्यविधि पारित गर्दै मंगलसेन नगरपालिकाको छैटौं नगर सभा सम्पन्न

विभिन्न ऐन तथा कार्यविधि पारित गर्दै मंगलसेन नगरपालिकाको छैटौं नगर सभा सम्पन्न

माघ १४ ,अछाम

विभिन्न ऐन तथा कार्यविधि पारित गर्दै मंगलसेन नगरपालिकाको छैटौं नगर सभा तथा हिउँदे अधिवेशन मंगलसेनमा सम्पन्न भएको छ । नगरले ६ महिनाको अवधिमा नगरले गरेको प्रगती विवरण सार्वजनिक प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले प्रस्तुत गर्नु भएको थियो । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भमा नगरपालिका मार्फत ६ महिनाको अवधिमा भएका काम सार्वजनिकपछि नगरसभाका सदस्य तथा जिल्ला स्थित पत्रकारले सुझाव सहित जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रमका सहभागी पत्रकारले जनप्रतिनिधिले भौतिक विकासलाई मात्र प्राथमिकता दिएकाले समाजिक अभियानमा जोड् दिन सुझाव दिएका थिए । आफ्नो जग्गा आफ्नो बारी, बाँझो नराखी बनाऔँ हरियाली, नाराका साथ भएको कार्यक्रममा कृषि, पशुपालन, स्वास्थ्य, महिला, शिक्षा, बालबालिकाका क्षेत्रका कार्यक्रममा बिशेष ध्यान दिन आग्रह गरिएका थिए । सहभागीको प्रश्नको जवाफ दिँदै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले हरेक क्षेत्रलाई सम्बोधन गर्दै अघि बढेको बताउनुभयो । नगरपालिकालाई मात्रै दोष थुपार्नु भन्दा पनि वडा तहमा विकासका लागि थुप्रै बजेट आएकाले सबैले कार्यान्वयन गर्दै लैजानु पर्ने बताउनु भयो । नगरको दुर्गम वडा बस्तीमा विकास नहुनुको दोष स्वयम त्यहीका जनता भएकाले आगामी दिनमा गाउँको विकासका लागि सबै एकजुट भएर जानु पर्ने बताउनु भयो । हिउँदे अधिबेशनमा यस आर्थिक बर्षमा कार्यान्वयन हुने गरि नगरका सबै वडामा १ सय ४६ योजना मध्ये २३ योजनाको मात्रै अहिलेसम्म सम्झौता हुन सकेको प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनु भयो ।

नगरका विभिन्न वडामा आवश्यक सहीत गौरवका योजनालाई कार्यान्वयनका लागि पुर्बाधार, सडक बोर्ड, प्रदेश, स्थानीय पुर्वाधार लगाएत क्षेत्रमा सिफारिस गरेर पठाईएको सोडारीले जानकारी दिनुभयो । मंगलसेन नगरपालिका आर्थिक बर्ष २०७७/०७८ मा चालु र पुँजिगत तर्फ गरि विनियोजित ५९ करोड बढी रकम मध्ये ६ महिनाको अवधिमा झण्डै २८ प्रतिशत खर्च भएको र आर्थिक बर्ष २०७५/०७६ सम्म ५ करोड बढी बेरुजु रहेको उहाँले बताउनु भयो । नगरसभाको बन्दसत्रले आगामी आव २०७८/७९ को लागि नगर उपप्रमुख सरिता उपाध्यायले बजेट प्रक्षेपण प्रस्ताव पेश गर्नुभएको थियो । उहाँका अनुसार नगरसभाले आगामी आव २०७८/७९ को लागि ६५ करोड ६८ लाख ८१ हजार बजेट प्रक्षेपण प्रस्ताव पारित गरेको छ । त्यस्तै चालु आव ०७७/७८ को योजना तथा कार्यक्रम संसोधन प्रस्ताव पारित गरेको हो ।

बुधबार मंगलसेनमा सम्पन्न भएको नगर सभाले नगर स्वास्थ्य तथा सरसफाइ ऐन २०७७ , व्यवसाय दर्ता तथा नविकरण ऐन २०७७ समेत पारित गरेको सोडारीले बताउनुभयो । कार्यपलिका बाट पारित ६ वटा कार्यविधिहरु नगरसभा बाट अनुमोदन गरेको उहाँले बताउनुभयो । आर्थिक ऐन २०७७/७८ लाई संशोधन समेत गरेको छ । यसअघिका नगर सभाबाट मंगलसेन नगरपालिकाले विभिन्न ३९ वटा कानुन पारित गरेको थियो । बुधबार सम्पन्न भएको नगर सभा बाट विभिन्न ८ वटा ऐन तथा कार्यविधि पारित गरी हालसम्म नगरले ४७ वटा कानुन निर्माण गरेको छ । मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालीका सदस्य, सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, पत्रकारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया