Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विभाजित भयो अछाममा नेकपा निकट पत्रकार संगठन

विभाजित भयो अछाममा नेकपा निकट पत्रकार संगठन

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका नेता भीम रावलको गृहजिल्ला अछाममा प्रेस संगठन, नेपाल औपचारिक रुपमै विभाजित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपानिकट पत्रकारहरुले अछाममा प्रेस संगठनका सहसंयोजक कृष्णबहादुर बुढाको संयोजकत्वमा संगठन पुनर्गठन गरेका छन् ।

पार्टीमा देखिएको विभाजनपछि पहिलो पटक जिल्लामा नेकपाको भ्रातृ संगठन औपचारिक रुपमै विभाजन भएको हो । यसअघि प्रेस संगठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतले संयोजक महेश्वर दाहाललाई कारबाही गरेका थिए ।

केन्द्रमा केन्द्रीय संयोजकलाई कारबाही गरिएको भए पनि अछाम भन्दा अगाडि कुनै पनि जिल्लामा नेकपाका भ्रातृ संस्थाहरु विभाजन भएका थिएनन् । नेता रावलको गृहजिल्ला अछाममा तत्कालीन प्रेस चौतारी आवद्ध ८० प्रतिशत पत्रकारहरु ओली समूहमा गएका स्रोतको दाबी छ ।

लेखाजोखा न्युज बाट साभार

प्रतिक्रिया