ताजा अपडेट
वाक नेपालद्वारा २६ जना जोखीममा परेका कृषकलाई बिउ बिजन सहित सामाग्री प्रदान
कमल रावल, माघ १४ अछाम
पंञ्चदेवल विनायक नगरपालिकाका २६ जना जोखीममा परेका कृषकलाई बिउ बिजन सहित सामाग्री प्रदान गरिएको छ । वाक नेपाल र वर्ल्डभिजन इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संन्चालित उत्थानशिल जिविकोपार्जन परियोजना अन्तरगत सहयोग गरिएको हो ।
नगरपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ का गरी २६ जनालाई कृषकको जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले जिविकोपार्जन पुनः स्थापना सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । उत्थानशिल परियोजना संयोजक दिलिप बोहराको अध्यक्षता तथा पंञ्चदेवल विनायक नगरपालिका वडा ३ का अध्यक्ष सुरेन्द्र शाही प्रमुख अतिथी रहनु भएको एक कार्यक्रमका बिच ९ जनालाई प्लाष्टिक घरभित्र तरकारी खेती गर्न सामाग्री, ७ जनालाई च्याउ खेती र १० जनालाई बर्षे आलु खेतीका लागी विउविजन सहयोग सहीत सामाग्री प्रदान गरिएको थियो ।
प्रमुख अतिथी शाहीले सहयोगी सामाग्री सही सदुपयोग गरि जिविकोपार्जन बृद्धि गर्न सहभागीलाई सुझाव दिएका थिए । कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक अध्यक्ष ललित शाही, ६ का वडा सदस्य लोक बहादुर तारामी मगरलगायतको सहभागीता रहेको थियो । जिबिकोपार्जन परियोजना अधिृकत धिरज ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन सामाजिक परिचालक खगेन्द्र सिजापतीले गर्नु भएको थियो । यस्तै मेल्लेख गाउँ पालिकाको वडा नं. १, २, ३, ६ र ७ मा पनि किसानलाई सहयोग गरिएको वाक नेपालले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया