ताजा अपडेट
पहिलो दिन सुदूरपश्चिममा १ हजार बढीले लगाए कारोनाविरुद्धको खोप
सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्।
काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्।
सुदूरपश्चिम कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाए।
पहिलो दिन सुदूरपश्चिम एक हजार ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। पहिलो दिन बुधबार प्रदेशका ८ वटा जिल्लामा खोप लगाइएको हो।
पहिलो दिन कैलालीमा २ सय ५७ जना, कञ्चनपुरमा १ सय २४, डडेल्धुरामा १ सय २२, बैतडीमा ७८, दार्चुलामा ५०, डोटीमा १ सय ५६, अछाममा २ सय ३६ जना र बझाङमा ५९ जनालाई लगाइएको स्वास्थ्य निर्देशक अवस्थीले जानकारी दिए।
सुदूरपश्चिमका ८ वटा जिल्लामा खोप लगाइए पनि बाजुरामा भने बिहीबार बिहानबाट खोप लगाउन सुरु गरिने बताइएको छ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया