Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

पहिलो दिन सुदूरपश्चिममा १ हजार बढीले लगाए कारोनाविरुद्धको खोप

पहिलो दिन सुदूरपश्चिममा १ हजार बढीले लगाए कारोनाविरुद्धको खोप

सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्। 

काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्। 

सुदूरपश्चिम कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाए।

पहिलो दिन सुदूरपश्चिम एक हजार ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। पहिलो दिन बुधबार प्रदेशका ८ वटा जिल्लामा खोप लगाइएको हो।

पहिलो दिन कैलालीमा २ सय ५७ जना, कञ्चनपुरमा १ सय २४, डडेल्धुरामा १ सय २२, बैतडीमा ७८, दार्चुलामा ५०, डोटीमा १ सय ५६, अछाममा २ सय ३६ जना र बझाङमा ५९ जनालाई लगाइएको स्वास्थ्य निर्देशक अवस्थीले जानकारी दिए।

सुदूरपश्चिमका ८ वटा जिल्लामा खोप लगाइए पनि बाजुरामा भने बिहीबार बिहानबाट खोप लगाउन सुरु गरिने बताइएको छ।

प्रतिक्रिया