Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मंगलसेनका उपप्रमुख उपाध्यायद्वारा विद्यालय अनुगमन, छात्राहरूसँग अन्तरक्रिया

मंगलसेनका उपप्रमुख उपाध्यायद्वारा विद्यालय अनुगमन, छात्राहरूसँग अन्तरक्रिया

माघ १५ अछाम

मंगलसेन नगरपालिकाले नगरभित्रका विद्यालयको अनुगमन सुरु गरेको छ । नगरपालिकाले विद्यालयका किशोरीलाई लक्षित गरि उपप्रमुख सरिता उपाध्यायको नेतृत्वमा सेनेरेटरी प्याड वितरणको अवस्था ,सरसफाइको अवस्थाको बारे अनुगमन गरिएको हो । महिनावारी हुने किशोरीलाई उपलब्ध हुनेगरी नगरले विद्यालयलाई दिएका सेनेरेटरी प्याडको सहि सदुपयोग गराउन उपप्रमुख उपाध्यायले विद्यालय र क्याम्पसका प्रमुखलाई आग्रह गर्नुभयो ।

सोही क्रममा अछाम बहुमुखी क्याम्पस ,शोडषा माविको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा शोडषा माविका छात्राले सेनेरेटरी प्याड पाए पनि प्रयोग पछि व्यवस्थापन गर्न गार्‍हो भएको बताएका थिए । विद्यालयका शौचालयमा पानी नहुनु , व्यवस्थित नहुनुले महिनावारी भएको समयमा गाह्रो हुने गरेको छात्राहरुले बताएका थिए । साथै उपप्रमुख उपाध्यायको टोलीले छाउगोठ भत्काइसके पछिको सहजता/ असहजता के छ भन्ने प्रश्नमा छात्राहरूले गोठमा जान नपरेको र घरमै व्यवस्थित गरेर बस्ने गरेको बताए । नियमित विद्यालय आउन कुनै समस्या भएमा आफूलाई सिधै सम्पर्क गर्न समेत उपप्रमुख उपाध्यायले आग्रह गर्नुभएको थियो । नगरका सबै विद्यालयमा जाने र छात्राहरूसँग अन्तरक्रिया गरिने उपप्रमुख उपाध्यायले बताउनु भयो ।

अनुगमनमा शिक्षा शाखाका दिपेन्द्र बिष्ट , स्वास्थ शाखाका चन्द्रप्रसाद ढुंगाना , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका जयलक्ष्मी जोशी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया