Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मंगलसेनका उपप्रमुख उपाध्यायद्वारा विद्यालय अनुगमन, छात्राहरूसँग अन्तरक्रिया

मंगलसेनका उपप्रमुख उपाध्यायद्वारा विद्यालय अनुगमन, छात्राहरूसँग अन्तरक्रिया

माघ १५ अछाम

मंगलसेन नगरपालिकाले नगरभित्रका विद्यालयको अनुगमन सुरु गरेको छ । नगरपालिकाले विद्यालयका किशोरीलाई लक्षित गरि उपप्रमुख सरिता उपाध्यायको नेतृत्वमा सेनेरेटरी प्याड वितरणको अवस्था ,सरसफाइको अवस्थाको बारे अनुगमन गरिएको हो । महिनावारी हुने किशोरीलाई उपलब्ध हुनेगरी नगरले विद्यालयलाई दिएका सेनेरेटरी प्याडको सहि सदुपयोग गराउन उपप्रमुख उपाध्यायले विद्यालय र क्याम्पसका प्रमुखलाई आग्रह गर्नुभयो ।

सोही क्रममा अछाम बहुमुखी क्याम्पस ,शोडषा माविको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा शोडषा माविका छात्राले सेनेरेटरी प्याड पाए पनि प्रयोग पछि व्यवस्थापन गर्न गार्‍हो भएको बताएका थिए । विद्यालयका शौचालयमा पानी नहुनु , व्यवस्थित नहुनुले महिनावारी भएको समयमा गाह्रो हुने गरेको छात्राहरुले बताएका थिए । साथै उपप्रमुख उपाध्यायको टोलीले छाउगोठ भत्काइसके पछिको सहजता/ असहजता के छ भन्ने प्रश्नमा छात्राहरूले गोठमा जान नपरेको र घरमै व्यवस्थित गरेर बस्ने गरेको बताए । नियमित विद्यालय आउन कुनै समस्या भएमा आफूलाई सिधै सम्पर्क गर्न समेत उपप्रमुख उपाध्यायले आग्रह गर्नुभएको थियो । नगरका सबै विद्यालयमा जाने र छात्राहरूसँग अन्तरक्रिया गरिने उपप्रमुख उपाध्यायले बताउनु भयो ।

अनुगमनमा शिक्षा शाखाका दिपेन्द्र बिष्ट , स्वास्थ शाखाका चन्द्रप्रसाद ढुंगाना , महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका जयलक्ष्मी जोशी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया