Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाएका ४ जनामा देखियो स्वास्थ्य समस्या

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाएका ४ जनामा देखियो स्वास्थ्य समस्या

सुदूरपश्चिममा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ४ जनामा स्वास्थ्य समस्या  देखिएको छ। बिहिबार कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।  

सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उनले बताए। 

दोस्रो दिन १ हजार ३ सय ३७ जनाले लगाए ‘कोभिशिल्ड’
अभियानको दास्रो दिन प्रदेशका १० वटा खोप केन्द्रमार्फत १ हजार ३ सय ३७ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार आज सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत १ सय १९ र टीकापुर अस्पतालबाट १ सय २० जनाले खोप लगाएका छन्। 

यस्तै अछाममा २ सय जना, बैतडीमा २ सय २०, बझाङमा ९०, बाजुरामा १ सय ८, डडेल्धुरामा १ सय ४०, दार्चुलामा १ सय २०, डोटीमा १ सय १० र कञ्चनपुरमा १ सय १० जना स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता कार्कीले बताए।
सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या २ हजार ४ सय १९ पुगेको छ। 

पहिलो दिन हिजो ९ वटा खोप केन्द्रमार्फत १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए। 

प्रतिक्रिया