Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाएका ४ जनामा देखियो स्वास्थ्य समस्या

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाएका ४ जनामा देखियो स्वास्थ्य समस्या

सुदूरपश्चिममा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका ४ जनामा स्वास्थ्य समस्या  देखिएको छ। बिहिबार कोरोना भाइरस विरुद्धको खोप अभियानको दोस्रो दिन झण्डै साढे १३ सय जनालाई खोप लगाइएमा ४ स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको हो।  

सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पताल र डडेल्धुरामा अस्पतालमा खोप लगाएका ४ जना स्वास्थ्यकर्मीमा सामान्य स्वास्थ्य समस्या देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिएका उनीहरु उपचारपछि घर फर्किसकेको समेत उनले बताए। 

दोस्रो दिन १ हजार ३ सय ३७ जनाले लगाए ‘कोभिशिल्ड’
अभियानको दास्रो दिन प्रदेशका १० वटा खोप केन्द्रमार्फत १ हजार ३ सय ३७ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार आज सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत १ सय १९ र टीकापुर अस्पतालबाट १ सय २० जनाले खोप लगाएका छन्। 

यस्तै अछाममा २ सय जना, बैतडीमा २ सय २०, बझाङमा ९०, बाजुरामा १ सय ८, डडेल्धुरामा १ सय ४०, दार्चुलामा १ सय २०, डोटीमा १ सय १० र कञ्चनपुरमा १ सय १० जना स्वास्थ्यकर्मीले खोप लगाएको प्रवक्ता कार्कीले बताए।
सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या २ हजार ४ सय १९ पुगेको छ। 

पहिलो दिन हिजो ९ वटा खोप केन्द्रमार्फत १ हजार ८२ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए। 

प्रतिक्रिया

ट्रेन्डिङ