ताजा अपडेट
आईफोन प्रयोगकर्ता एक अर्ब नाघे, एप्पलको नयाँ रेकर्ड
पहिलो त्रैमासिकको आम्दानीमा एप्पलले रेकर्ड राखेको छ । एप्पलले हालै घोषणा गरेको एक सचूना अनुसार कम्पनीले पहिलो त्रैमासिकमा हालसम्मकै धरै आम्दानी गरेको छ ।
त्यतिमात्रै नभएर कम्पनीका अहिले संसारभर एक अर्ब ६५ करोड एप्पल उपकरणका प्रयोगकर्ता रहेका छन् । जसमा आईफोन, आईप्याड, म्याक, एप्पल टिभी, आईपोड, एप्पल वाच लगायत छन् ।
यी उपकरणमध्ये आईफोन बढी बिक्री भएको छ र यसको प्रयोगकर्ताको संख्या एक अर्ब पुगेको एप्पलका सीईओ टिम कुकको भनाइ छ । यसअघि सन् २०२० मा आईफोन प्रयोगकर्ताको संख्या ९० करोड थियो ।
कम्पनीले भर्खरैमात्र सार्वजनिक गरेको नयाँ आईफोन ट्वेल्भले यो उचाई छुन मद्दत गरेको हो । आईफोन ट्वेल्भको बिक्री बढेसँगै सने २०२१ को पहिलो त्रैमासिकसम्म आईफोन चलाउनेको संख्या अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको छ ।
जसले गर्दा कम्पनीले एक अर्बको आँकडा छुन सफल भएको हो । सीईओ कुकका अनुसार सन् २०२१ मा चीनमा बढी बिक्री भएका शीर्ष तीन स्मार्टफोनमध्ये आईफोन दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया