Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

६० विषयमा हुने निःशुल्क सीपमूलक तालिमका लागि अनलाइन आवेदनको म्याद थप

६० विषयमा हुने निःशुल्क सीपमूलक तालिमका लागि अनलाइन आवेदनको म्याद थप

सरकारले सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम लिन इच्छुक व्यक्तिका लागि अनलाइन आवेदन मागकाे समय थपेकाे छ ।

गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट ६० भन्दा बढी तालिममा निःशुल्क सहभागी हुन अनलाइन आवेदन माग गरेको थियाे ।

अब आउँदाे माघ २५ गतेसम्म तालिमका लागि आवेदन पेश गर्न सकिन्छ । मितव्ययीता र मुलुकभरबाट सहजै आवेदन दिन सकियोस् भन्ने उद्देश्यका साथ अनलाइन आवेदनको व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ ।

साथै उक्त तालिम सञ्चालनका लागि केन्द्रले आवश्यक प्रशिक्षकको रोस्टर समेत तयार पार्ने भएको छ । त्यसका लागि योग्य व्यक्तिले सूचीमा समावेश हुन दरखास्त दिन सक्नेछन् ।

१८ वर्ष पुरा भएका नेपाली नागरिकले तालिममा सहभागी हुन पाउने छन् । त्यसका लागि यस अघि आधारभूत तालिम लिएको कागजात र कुनै पेशा वा व्यवसायमा आवद्ध भए त्यस्तो पेशा व्यवसाय स्तरोन्नती गर्ने व्यवसायिक योजना पेश गर्नुपर्नेछ ।

एक जनाले दुईभन्दा बढी तालिमको आवेदन दिन नपाउने केन्द्रले स्पष्ट पारेको छ । आवेदन दिनेमध्ये छनौट भएका प्रशिक्षार्थीहरुलाई वेबसाइट तथा ईमेलमार्फत तालिम सञ्चालन हुने समयावधी, स्थान, मिति र समयको जानकारी गराइने बताइएको छ ।

यस्तो छ निःशुल्क तालिमको विवरण

क्र.सं   तालिमको विषय  तालिम अवधि छनौट हुने संख्या
1   हाउस वायरिङ  २ महिना  ७५ जना
  उद्यमशीलता विकास  ७ दिन  ६०० जना
  खाद्य प्रशोधन १० दिन  ७५ जना
  बेसिक प्याट्रन सिलाई २ महिना  १२० जना
  एडभान्स प्याट्रन सिलाई  २ महिना ९० जना
  फेसन डिजाइन  २ महिना  ६० जना
  हाते इम्ब्रोइडयी  २ महिना १०५ जना
  भेर्सन इम्ब्रोइडरी  २ महिना ४५ जना
  क्रिष्टल सामग्री उत्पादन १ महिना २१० जना
10    मखमल, ढाका जुत्ता, चप्पल उत्पादन १ महिना १२० जना
11    हातेकागज र फेल्ट उत्पादन १ महिना १२० जना
12    कागज वस्तु र स्क्रिन प्रिन्ट १ महिना ४५ जना
13    रबर बोल्डिङ र रेजिनका वस्तु उत्पादन १५ दिन ६० जना
14    बेकरी एड्भान्स  १५ दिन २१० जना
         
15 व्यूटिसियन (बेसिक) २ महिना २१० जना
16 व्यूटिसियन (एड्भान्स) २ महिना ९० जना
17 डल बनाउने  १ महिना ४२० जना
18  प्लम्बिङ २ महिना १८० जना
19  मोबाइल मर्मत २ महिना २१० जना
20  मोटरसाइकल मर्मत २ महिना १५० जना
21  अटो मेकानिक (गाडी मर्मत ४ चक्के) २ महिना ९० जना
22 कम्प्युटर मर्मत-हार्डवेयर २ महिना १५० जना
23 पानी तान्ने मेसिन (पम्प पर्मत तालिम) १ महिना ९० जना
24  कफी वारिष्टा १५ दिन २७० जना
25 बेकरी बेसिक १० दिन ५१० जना
26 जाम जेली सस १० दिन २१० जना
27 आलु र केरा चिप्स ७ दिन २१० जना
28 बेद बाँसका सामग्री २ महिना ९० जना
29  म्याक्रोनी बनाउने ७ दिन २१० जना
30  रबर स्ट्याम्प साइनबोर्ड १ महिना १२० जना
31  शपिङ ब्याग बनाउने १५ दिन २१० जना
32 स्कुल ब्याग बनाउने ४५ दिन २१० जना
33 झोल साबुन बनाउने ७ दिन २१० जना
34 डल्लो साबुन बनाउने ७ दिन २१० जना
35  स्यानिटरी प्याड बनाउने १५ दिन २४० जना
36 कफी प्रोसेसिङ १५ दिन ६० जना
37  दालमोठ ७ दिन २१० जना
38  पापड ७ दिन २१० जना
39 दाना पशुपन्छी १५ दिन २१० जना
40  ट्याक्टर मर्मत २ महिना ६० जना
41  इन्डस्ट्रियल वायरिङ २ महिना ६० जना
42 बाटेको धुप ७ दिन २१० जना
43 पेपर प्लास्टिक प्लेट १५ दिन २१० जना
44 वेल्डिङ १ महिना २१० जना
45  टायल मार्वल फिटिङ २ महिना ९० जना
46  टिभी मर्मत २ महिना ९० जना
47  अटो मोबाइल वायरिङ २ महिना ९० जना
48 फेस मास्क बनाउने ७ दिन २४० जना
49  स्यानिटाइजर बनाउने ७ दिन २४० जना
50 फिनेल हार्पिक ७ दिन ४२० जना
51 टिस्यु पेपर ७ दिन १८० जना
52 मायोनेज ७ दिन २१० जना
53 दुध प्रशोधन १ महिना १२० जना
54 कर्नफ्लेक्स ७ दिन २४० जना
55  मोटर वायन्डिङ १ महिना ९० जना
56  केराको रेसा १ महिना २१० जना
57  हर्बल सामग्री १५ दिन २१० जना
58  सोलार जडान मर्मत १ महिना ६० जना
59  फ्रिज एसी मर्मत २ महिना ६० जना
60  यूपीभीसी तथा अल्मुनियम फेब्रिकेटर २ महिना ९० जना

कसरी दिने आवेदन ?

तालिममा सहभागी हुन अनलाइन आवेदन दिनु अघि आफ्नो नेपाली नागरिकता, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, सीप अभिवृद्धि तालिमका लागि आधारभूत तालिम लिएको प्रमाणपत्र, लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात र व्यवसायीक योजना साथमा राख्नुहोस् ।

१. अनलाइन आवेदन दिन यहाँ क्लिक गरी तल दायाँतर्फ रहेको रजिस्टर बटनमा दबाउनुहोस् ।

२. त्यसपछि ‘आई असेप्ट द युजर अग्रिमेन्ट’ मा क्लिक गर्नुहोस् ।

३. आफ्नो नाम, ईमेल, पासवर्ड राखेर ‘आई असेप्ट’ र ‘आई एम नट रोबोट’ मा क्लिक गर्नुहोस् अनि ‘दर्ता गर्नुहोस्’ मा जानुहोस् ।

४. तीन मिनेट पछि आफ्नो ईमेल चेक गर्नुहोस् । ईमेलमा आएको ‘भेरिफाई योर ईमेल एड्रेस’ लिङ्कमा क्लिक गर्नुहोस् र भर्खरै राखेको ईमेल र पासवर्ड राखेर लगईन गरी फारम भर्नुहोस् ।

यो ईमेल र पासवर्ड आफूसँग सुरक्षित राख्न पनि नबिर्सिनुहोस् । यसबाट तपाईंले सूचना अवधिभर आफ्नो विवरण हेर्न, प्रिन्ट गर्न तथा अपडेट गर्न पनि सक्नुहुनेछ ।

५. फारममा व्यक्तिगत, तालिम, शैक्षिक, अनुभव लगायतका सम्पूर्ण विवरण अनिवार्य रुपमा भर्नुहोस् र आवश्यक कागजात समेत अपलोड गर्नुहोस् ।

६. यति गरिसकेपछि निवेदन तथा दरखास्त खण्डमा क्लिक गर्नुहोस् र थप विवरणभरेर अप्लाईमा क्लिक गर्नुहोस् । व्यवसायिक योजनाका लागि अपलोड गर्ने वा अनलाइनमै टाइप गर्ने दुवै सुविधा उपलब्ध छन् ।

७. आवेदन भरिसकेपछि प्रवेशपत्र प्रिन्ट गरेर राख्नुहोस् । केन्द्रले तालिमका लागि छनौट भए नभएको सूचना आफ्नो वेबसाइटमा प्रकाशन गरी तालिम केन्द्र तोकिने जनाएको छ ।

प्रतिक्रिया