ताजा अपडेट
प्रचण्ड र नेपालको समर्थन मा धनगढीमा मोटरसाईकल र्याली सम्म्पन्न
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहल नेपाल समुह सुदूरपश्चिम प्रदेश कमिटीद्धारा १७ गते धनगढीमा हुने जनप्रदर्शनको पुर्व सन्ध्यामा आज मोटरसाईकल र्याली सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा.भीम रावलले र्यालीको शुभारम्भ गरेका थिए । दिउसो १२ बजे अत्तरीया चोकबाट धनगढी चौराह हुदै क्याम्पस चोक सम्म पुगेको मोटरसाईकल र्यालिको समापन नेकपा का केन्द्रिय कमिटी सदस्य झपट रावल को सम्बोधन बाट भएको युवा संघका केन्द्रीय सदस्य अरुणा कुँवरले जानकारी दिनु भयो ।
राष्ट्रिय युवा संघ नेपालको संयोजनमा र्यालीमा हजार भन्दा बढिको संख्यामा मोटरसाईकल सहभागि भएको युवा संघका नेपालका केन्द्रीय सदस्य अरुण कुँवरले जानकारी दिनु भयो । प्रदेश कमिटीले जनप्रर्दशनलाई भव्य बनाउन विभिन्न उप-समितिहरु बनाएर परिचालन गरेको कुरा पनि उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी १७ गते धनगढी चौराह र क्याम्पस रोडबाट जुुलुस सहित प्रर्दशन हुने र्याली संयुक्तरुपमा १ बजे खुल्ला मञ्चमा जनसभामा परिणत हुने कुरा कुँवरले जानकारी दिनुभयो । उक्त्त जनप्रर्दशलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहल प्रचण्ड , माधव कुमार नेपाल र स्थायी कमिटी सदस्य डा ।भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया