Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गृहजिल्लामै पकड गुमाउँदै भीम रावल, प्रभावशाली नेता ओली समूहमा

गृहजिल्लामै पकड गुमाउँदै भीम रावल, प्रभावशाली नेता ओली समूहमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता डा. भीम रावलको गृहजिल्ला अछाममा नै पकड कमजोर बन्दै गएको छ । संसद् विघटनपछि नेकपामा आएको विभाजनसँगै अछामका अधिकांश नेताहरुले साथ छोडेपछि उनको पकड कमजोर बन्दै गएको हो ।

अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा सामेल भएका छन् । नेता डा. रावलको व्यवहार र कार्यशैलीका कारण पाका नेताहरु ओली समूहमा लागेपछि उनी जिल्लामा कमजोर अवस्थामा पुगेको नेकपा स्रोतले दाबी गरेको छ ।

रावलले निर्वाचन लड्दै आएको अछाम निर्वाचन क्षेत्र नम्बर १ स्थायी घर भएका जिल्ला विकास समितिका पूर्वसभापति कृष्णप्रसाद जैशीले ओली समूहलाई साथ दिएका छन् । यस्तै सोही निर्वाचन क्षेत्रमा घर भएका तत्कालीन एमालेका पूर्व जिल्ला अध्यक्ष कमल तिमल्सिनाले पनि नेता रावलको साथ छोडेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पनि ओली समूहमा लागेका छन् । उनी रावलकै निर्वाचन क्षेत्र १ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा निर्वाचनबाट विजयी भएका थिए ।

संसद् विघटनपछि पार्टीमा देखिएको विभाजनपछि बोहराले प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् । रावलकै निर्वाचन क्षेत्रमा राजनीति गर्दै आएका पूर्व बिना विभागियमन्त्री भीम कडायत पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् ।

रावलकै निर्वाचन क्षेत्र नम्बर १ कै मतदाता रहेका तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव डीबी साउदले पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् । उनलाई नेकपाको ओली समूहले अछामको जिल्ला सचिवको जिम्मेवारी दिएको छ ।

पूर्वसभासद् भैरे कामीले पनि प्रचण्ड–नेपाल समूहका नेता रावलको साथ छोडेका छन् । क्षेत्र नम्बर २ का मतदाता रहेका कामी २०६४ को संविधान सभामा तत्कालीन नेकपा एमालेबाट समानुपातिक सभासद् थिए ।

अछामको भैसोली क्षेत्रमा प्रभावशाली मानिने तत्कालीन नेकपा एमालेका नेता कटक साउदले पनि ओली समूहलाई साथ दिएका छन् । पञ्चदेवल विनायक र कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिका पर्ने भैसोली क्षेत्रमा नेता साउदको बलियो पकड छ ।

विघटित प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटी र २०६४ मा तत्कालीन एमालेका तर्फबाट संविधान सभा सदस्य पदका उम्मेदवार शिवप्रसाद उपाध्यायले पनि नेता रावलको साथ छोडेका छन् ।

तत्कालीन एमालेका प्रभावशाली नेता चन्द्र बोहरा पनि ओली समूहमा लागेका छन् । उनलाई ओली समूहले अछामको अध्यक्ष बनाएको छ । विभाजनपूर्वको नेकपा अछामका जिल्ला सचिवालय सदस्य भीम जनाला, एमालेका पुराना कार्यकर्ता मना अधिकारी, तत्कालीन जिल्ला विकास समिति अछामका पूर्व क्षेत्रपाल देवबहादुर कुवँर र पृथ्वी भण्डारीले पनि प्रधानमन्त्री ओलीलाई साथ दिएका छन् ।

मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहरा र उपमेयर सरिता उपाध्यायले पनि नेकपाको ओली समूह रोजेका छन् । यस्तै माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहका हस्ती मानिने खगेन्द्र रोकाया पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् । माओवादी पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याए पनि उनी उपेक्षामा पर्दै आएका थिए ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ का झण्डै ५० प्रतिशत र क्षेत्र नम्बर २ का झण्डै ७५ प्रतिशत नेता–कार्यकर्ताहरु प्रधानमन्त्री ओलीको पक्षमा उभिएका ओली पक्षीय नेकपाका जिल्ला सचिव साउदले दाबी गरे । पार्टीका अधिकांश नेता–कार्यकर्ताहरुको साथ पाएपछि अछाममा ओली समूह अत्यन्तै उत्साहित भएको उनको भनाइ छ ।

“अछाम निर्वाचन क्षेत्र नम्बर १ मा हामी ५० प्रतिशत छौं । क्षेत्र नम्बर २ मा भने हामीसँग ७५ प्रतिशत नेता–कार्यकर्ताहरु हुनुहुन्छ,” जिल्ला सचिव साउदले लेखाजोखासँग भने, “पार्टीका अधिकांश नेता–कार्यकर्ताहरु हामीसँग उभिनुभएपछि हाम्रो समूह उत्साहित छ ।”

नेकपाको भ्रातृसंस्था प्रेस संगठनको प्रभावशाली तप्का पनि ओली पक्षमा खुलेको छ । मिडिया क्षेत्रका प्रभाव राख्‍ने अधिकांश पत्रकारहरु प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको पक्षमा उभिएका छन् ।

तत्कालीन एमाले निकट प्रेस चौतारीबाट प्रेस संगठन, नेपालको जिल्ला सह–संयोजक भएका कृष्णबहादुर बुढा पनि ओली समूहमा लागेका छन् । उनलाई ओलीनिकट पत्रकारहरुले प्रेस संगठन, नेपालको जिल्ला संयोजक चयन गरेका छन् । अछामको ढकारी गाउँपालिकामा पकड भएका बुढालाई ओली समूहले नेकपाको जिल्ला कमिटी सदस्य पनि बनाएको छ । 

लेखाजोखा न्युज बाट साभार

प्रतिक्रिया