Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्थानीय प्रशासनको रोक सुदूरपश्चिमका सीमा नाकामा अझै हटेन

स्थानीय प्रशासनको रोक सुदूरपश्चिमका सीमा नाकामा अझै हटेन

सरकारले सीमा नाका खुला गरेपनि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा स्थानीय प्रशासनले अझै पनि रोक लगाएको छ। अत्यावश्यक काम बाहेक आवातजावत गर्नमा अझै पनि रोक लगाइएको हो।

निर्बाध आवातजावतमा रोक लगाइएपछि सार्वसाधारणले खुला गर्नुपर्ने माग गरेका छन्। माघ १५ गते बिहीबार सरकारले देशभरका ३० वटा सीमा नाका खोल्ने निर्णय गरेको छ। जुन निर्णय अनुसार सुदूरपश्चिमका त्रिनगर, गड्डाचौकी, जुलाघाट र दार्चुलाको पुलघाट नाकामा सहज हुने भनिएको छ।

तर सो सरकारी निर्णय सुनेर त्रिनगर नाका भएर भारतीय बजार जान हिडेकी सैलु जोशीले सरकारी निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश पोखिन्। उनले बिना रोकटोक जान पाउनुपर्ने माग राखिन्। सीमा नाकामा भारतीय पक्षले नेपालीहरुलाई आवातजावत गर्न कुनै रोकटोक नगरेपनि नेपाली सुरक्षा निकायले भने गरेको अवरोधप्रति धनगढीकी अर्की स्थानीय जानकी बिष्टले पनि असन्तुष्टि पोखिन्।

कि सबै नाका बन्द गरिनुपर्ने या निर्णय अनुसार खुला गरिनुपर्ने बिष्टको भनाइ थियो। स्थानीय प्रशासनले भने अत्यावश्यक कामका लागि भारत जान र आउनमा कुनै रोक नभएको तर घरायसी सामान खरिद गर्नका लागि भने भारत जानमा रोक यथावत रहेको बताएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले दैनिक उपभोग्य वस्तुको अभाव नेपालमा नरहेको अवस्थामा संक्रमणको जोखिम मोलेर भारतीय बजारमा नजाउन् भन्ने मनाशयले रोक लगाएको बताए। जसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।

विश्वभर नयाँ प्रजातिको कोरोना फैलिइ रहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर मात्रै अत्यावश्यक कामका लागि मात्र भारत जान स्थानीय प्रशासनको अनुरोध छ।

प्रतिक्रिया