Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्थानीय प्रशासनको रोक सुदूरपश्चिमका सीमा नाकामा अझै हटेन

स्थानीय प्रशासनको रोक सुदूरपश्चिमका सीमा नाकामा अझै हटेन

सरकारले सीमा नाका खुला गरेपनि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा स्थानीय प्रशासनले अझै पनि रोक लगाएको छ। अत्यावश्यक काम बाहेक आवातजावत गर्नमा अझै पनि रोक लगाइएको हो।

निर्बाध आवातजावतमा रोक लगाइएपछि सार्वसाधारणले खुला गर्नुपर्ने माग गरेका छन्। माघ १५ गते बिहीबार सरकारले देशभरका ३० वटा सीमा नाका खोल्ने निर्णय गरेको छ। जुन निर्णय अनुसार सुदूरपश्चिमका त्रिनगर, गड्डाचौकी, जुलाघाट र दार्चुलाको पुलघाट नाकामा सहज हुने भनिएको छ।

तर सो सरकारी निर्णय सुनेर त्रिनगर नाका भएर भारतीय बजार जान हिडेकी सैलु जोशीले सरकारी निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश पोखिन्। उनले बिना रोकटोक जान पाउनुपर्ने माग राखिन्। सीमा नाकामा भारतीय पक्षले नेपालीहरुलाई आवातजावत गर्न कुनै रोकटोक नगरेपनि नेपाली सुरक्षा निकायले भने गरेको अवरोधप्रति धनगढीकी अर्की स्थानीय जानकी बिष्टले पनि असन्तुष्टि पोखिन्।

कि सबै नाका बन्द गरिनुपर्ने या निर्णय अनुसार खुला गरिनुपर्ने बिष्टको भनाइ थियो। स्थानीय प्रशासनले भने अत्यावश्यक कामका लागि भारत जान र आउनमा कुनै रोक नभएको तर घरायसी सामान खरिद गर्नका लागि भने भारत जानमा रोक यथावत रहेको बताएको छ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले दैनिक उपभोग्य वस्तुको अभाव नेपालमा नरहेको अवस्थामा संक्रमणको जोखिम मोलेर भारतीय बजारमा नजाउन् भन्ने मनाशयले रोक लगाएको बताए। जसलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।

विश्वभर नयाँ प्रजातिको कोरोना फैलिइ रहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर मात्रै अत्यावश्यक कामका लागि मात्र भारत जान स्थानीय प्रशासनको अनुरोध छ।

प्रतिक्रिया

ट्रेन्डिङ