Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीमै घर भएर पनि मापदण्ड विपरित आवास खर्च बुझ्दै सुदूरपश्चिमका सांसद

धनगढीमै घर भएर पनि मापदण्ड विपरित आवास खर्च बुझ्दै सुदूरपश्चिमका सांसद

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले धनगढी तथा धनगढीदेखि १५ किलोमिटरको दुरीभित्र आफ्नो निजी घर हुँदाहुँदै मासिक रूपमा आवास सुविधा बुझिरहेको पाइएको छ।

प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी ऐन अनुसार १५ किलोमिटरभन्दा बढीको दूरीमा घर भएका सांसदहरूले मात्र आवास सुविधा पाउने व्यवस्था छ। तर सो दुरीभित्र अर्थात धनगढीकै सेरोफेरोमा आफ्नो निजी घर हुँदाहुँदै अधिकांश प्रदेश सभा सदस्यहरुले मासिक रूपमा आवास सुविधा बुझिरहेको पाइएको हो।

सुदूरपश्चिम प्रदेश सभाका ५३ जना प्रदेश सदस्य मध्ये ३८ जनाले अहिले मासिक रूपमा आवास सुविधा बुझिरहेका छन्। जसमध्ये ६ भन्दा बढी प्रदेश सदस्यहरुले मापदण्ड विपरित मासिक आवास सुविधा बुझिरहेका छन्।

धनगढीमै घर भएपनि आवास सुविधा लिइरहेका प्रदेश सभा सदस्यहरुमा चुनकुमारी देवी चौधरी, नेपालु चौधरी, पूर्णा जोशी, मालामती देवी रानाथारू, वीरमान चौधरी र सुशीला बुढाथोकी रहेका छन्। यी सांसदहरूले आवास सुविधा वाफत मासिक १७ हजारदेखि २० हजारसम्म बुझिरहेका छन्।

प्रतिक्रिया