ताजा अपडेट
डा. गोविन्द केसीको घोषणा : तीन सातामा मागहरू पूरा नभए फागुन १२ गतेबाट २० औं सत्याग्रह सुरु गर्ने
डा. गोविन्द केसीले आफ्ना दुई-बुँदे माग तीन साताभित्र पूरा नभए आगामी फागुन १२ गतेबाट २० औं अनसन (सत्याग्रह) सुरु गर्ने घोषणा गरेका छन्।
“यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं,” डा. केसीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।”
उनको पहिलो मागमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरियोस् भन्ने छ। दोस्रो मागमा विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनिएको छ।
देश अहिले गम्भीर राजनीतिक संकटमा रहेको जनाउँदै डा. केसीले विज्ञप्तिमा सरकारले अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।
“केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ। अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ,” डा.केसीले भनेका छन्।नागरिकका हैसियतले शान्तिपूर्ण रूपमा हस्तक्षेप गर्ने उपयुक्त समय आएको दाबी उनले गरेका छन्। यो समय गुमाएउने हो भने देशमा अधिनायकवाद संस्थागत हुने र भावी सन्ततिले कसैलाई पनि कहिल्यै माफी नगर्ने उनले जनाएका छन्।
“हामी नागरिकले हाम्रो नैतिक बलमा टेकेर अहिंसात्मक संघर्ष ग¥यौं भने हाम्रा लोकतान्त्रिक अधिकारहरू हरण गर्ने सबै प्रपञ्चहरू असफल हुनेछन्। देशमा फेरि अर्को हिंसात्मक संघर्षको औचित्य नै रहने छैन,” डा.केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया