ताजा अपडेट
भोलि सबै यातायात व्यवसाय खोल्न सरकारको आह्वान, जबरजस्ती गरे कारबाही गर्ने -
प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी( नेकपा) प्रचण्ड-माधव नेपाल समुहले बिहिबार आमहड्ताल घोषणा गरेको छ।
सरकारले संवैधानिक निकायहरुमा नियुक्त गरेका पदाधिकारीहरुले शपथ खाएसँगै प्रचण्ड नेपाल समूहले त्यसको विरोधमा आमहड्ताल घोषणा गरेको हो। हड्ताललाई सफल बनाउन भन्दै उक्त समूहले राजधानी र देशभरका अन्य जिल्लामा आज बेलुकी मसाल जुलुस निकाल्यो।
यता सरकारले भने आम हड्ताल घोषणा र मसाल जुलुस निकाल्ने कार्य भएको भन्दै सरकारले सुरक्षा व्यवस्थालाई मिलाएको बताएको छ।
गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सुरक्षा व्यवस्था मिलाइएको हुँदा आम हड्तालको अवज्ञा गर्दै यातायात, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न आह्वान गरेको हो। मन्त्रालयले कुनै पनि व्यापार, व्यवसायमा बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताएको हो। साथै विरोधका नाममा तोडफोड, आगजनी, सार्वजनिक सवारी आगमनमा अवरोध गर्ने, जबरजस्ती गर्ने कार्यमा संलग्न हुनेहरुलाई कानुन अनुसार कारबाही गर्ने समेत मन्त्रालयले विज्ञप्तीमा उल्लेख गरेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया