Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विकिपीडियाले दुर्व्यवहार विरुद्ध लड्न जारी गर्‍यो नयाँ आचार संहिता

विकिपीडियाले  दुर्व्यवहार विरुद्ध लड्न जारी गर्‍यो नयाँ आचार संहिता

अनलाइन शब्दकाेषका रूपमा परिचित विकिपीडियाले दुर्व्यवहार र उत्पीडन विरुद्ध लड्न नयाँ आचार संहिता जारी गरेको छ । कम्पनीले आफ्ना भाेल्युन्टर (स्वयमसेवी) का लागि विविधता, समावेशी र पहुँचलाई कायम राख्दै दुर्व्यवहार विरुद्ध लड्न आचार संहिता जारी गरेको हो ।

नयाँ आचार संहिता विकिपीडियाको अन्य परियोजना जस्तै क्राउडसोर्समा आधारित छ । जसमा १५ सय स्वयमसेवीले सहयोग गरेका छन् । सहज, छोटो र प्रयोगकर्ताको लागि स्पस्ट पारिएको उक्त आचारसंहिता १६ सय शब्दकाे छ ।

जसलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये एउटा प्रयोगकर्ता, एडिटर र विकिपीडिया कर्मचारीबाट आश गरिएको सकारात्मक व्यवहार रहेको छ । जसमा आपसी सम्मान, रचनात्मक सम्पादन, अन्य स्वयमसेवीलाई बोलाउँदा प्रयोग गर्ने भाषा रहेको छ ।

साथै परियोजनामा एक अर्कालाई सहयोग गर्ने कुरालाई प्रोत्साहन गरिएको छ । दोस्रोमा अस्वीकार्य व्यवहार, जसलाई कम्पनीले निरुत्साही गर्छ । जसमा अरुलाई अपमान गर्ने, यौन दुर्व्यवहार गर्ने, धम्की दिने खालका भाषा प्रयोगलाई निरुत्साहित गरेको छ ।

मुख्यतया कुनै व्यक्तिलाई डराउने, आक्रोशित तुल्याउने, अपमान गर्ने, तोडफोड गर्ने, घृणा युक्त बोली प्रयोग गर्ने, धम्क्याउने, पक्षपातपूर्ण व्यवहार गर्ने जस्ता सामग्रीलाई विकिपीडियामा प्रतिबन्ध गरिने उल्लेख छ ।

प्रतिक्रिया