Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विकिपीडियाले दुर्व्यवहार विरुद्ध लड्न जारी गर्‍यो नयाँ आचार संहिता

विकिपीडियाले  दुर्व्यवहार विरुद्ध लड्न जारी गर्‍यो नयाँ आचार संहिता

अनलाइन शब्दकाेषका रूपमा परिचित विकिपीडियाले दुर्व्यवहार र उत्पीडन विरुद्ध लड्न नयाँ आचार संहिता जारी गरेको छ । कम्पनीले आफ्ना भाेल्युन्टर (स्वयमसेवी) का लागि विविधता, समावेशी र पहुँचलाई कायम राख्दै दुर्व्यवहार विरुद्ध लड्न आचार संहिता जारी गरेको हो ।

नयाँ आचार संहिता विकिपीडियाको अन्य परियोजना जस्तै क्राउडसोर्समा आधारित छ । जसमा १५ सय स्वयमसेवीले सहयोग गरेका छन् । सहज, छोटो र प्रयोगकर्ताको लागि स्पस्ट पारिएको उक्त आचारसंहिता १६ सय शब्दकाे छ ।

जसलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये एउटा प्रयोगकर्ता, एडिटर र विकिपीडिया कर्मचारीबाट आश गरिएको सकारात्मक व्यवहार रहेको छ । जसमा आपसी सम्मान, रचनात्मक सम्पादन, अन्य स्वयमसेवीलाई बोलाउँदा प्रयोग गर्ने भाषा रहेको छ ।

साथै परियोजनामा एक अर्कालाई सहयोग गर्ने कुरालाई प्रोत्साहन गरिएको छ । दोस्रोमा अस्वीकार्य व्यवहार, जसलाई कम्पनीले निरुत्साही गर्छ । जसमा अरुलाई अपमान गर्ने, यौन दुर्व्यवहार गर्ने, धम्की दिने खालका भाषा प्रयोगलाई निरुत्साहित गरेको छ ।

मुख्यतया कुनै व्यक्तिलाई डराउने, आक्रोशित तुल्याउने, अपमान गर्ने, तोडफोड गर्ने, घृणा युक्त बोली प्रयोग गर्ने, धम्क्याउने, पक्षपातपूर्ण व्यवहार गर्ने जस्ता सामग्रीलाई विकिपीडियामा प्रतिबन्ध गरिने उल्लेख छ ।

प्रतिक्रिया