Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आमहड्तालको सर्वत्र आलोचना : सामाजिक सञ्जालमा नागरिक समाज, निजी क्षेत्रसहित नागरिकको विरोध

आमहड्तालको सर्वत्र आलोचना : सामाजिक सञ्जालमा नागरिक समाज, निजी क्षेत्रसहित नागरिकको विरोध

नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन  थालेको छ । 

सामाजिक सञ्जालमा नागरिक अगुवा, निजी क्षेत्र र नागरिकले आलोचनात्मक टिप्पणी गर्न थालेका छन् । समस्याको शान्तिपूर्ण समाधान खोज्नुको साटो नागरिकलाई दु:ख दिने काम भएको भन्दै आलोचना भइरहेको छ ।

अभियन्ता कनकमणि दीक्षितले नागरिकलाई उर्दी जारी गरेर बन्द हड्तालको घोषणा हुनु दु:खत भएको बताउनु भएको छ । उहाँले लेख्नु भएको छ - ‘आमहड्ताल ऐच्छिक हुनु पर्ने, आह्वान  गर्नुपर्ने– नागरिकलाई उर्दी पो जारी गरेछन् ।’

यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले पनि बन्द हड्तालको विरोध जनाउनु भएको छ । बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेपछि उहाँले लेख्नु भएको छ - ‘गैरकानुनी काम सधैं गैर कानुनी नै हुन्छ, बन्द हड्तालमा व्यक्तिगत वा सार्वजनिक सम्पत्ति क्षति अक्षम्य हो । यस्ता गतिविधिको घोर भर्त्सना गर्दछु ।’

यस्तै लेखक खगेन्द्र संग्रौलाले राजनीतिक पार्टीले बन्दको साटो अझै पनि रचनात्मक कार्यक्रम गर्न नसकेको भन्दै  टिप्पणी गर्नु भएको छ । उहाँले विरोधको चौतर्फी हड्तालभन्दा रचनात्मक, दबाबकारी र प्रभावकारी जुक्ति नेताहरुको दिमागमा अझै फुर्न सकेन भन्नु भएको छ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नागरिकको काम गरी खान पाउने अधिकार कुण्ठित गरिएको भन्दै विरोध जनाउनु भएको छ । उहाँले लेख्नु भएको छ-‘नागरिकको काम गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुने गरि कुनै पनि प्रकारको बन्द हड़ताल जुलुस सभा नगर्न दलहरूलाई आग्रह गर्दछु । साथै नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनेर गरेको प्रतिबद्धता पनि स्मरण गराउन चाहन्छु ।’

उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र न्पाल उद्योग परिसंघले बन्द हड्तालको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ