Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आमहड्तालको सर्वत्र आलोचना : सामाजिक सञ्जालमा नागरिक समाज, निजी क्षेत्रसहित नागरिकको विरोध

आमहड्तालको सर्वत्र आलोचना : सामाजिक सञ्जालमा नागरिक समाज, निजी क्षेत्रसहित नागरिकको विरोध

नेकपाको प्रचण्ड-नेपाल समूहले घोषणा गरेको आमहड्तालको सर्वत्र विरोध हुन  थालेको छ । 

सामाजिक सञ्जालमा नागरिक अगुवा, निजी क्षेत्र र नागरिकले आलोचनात्मक टिप्पणी गर्न थालेका छन् । समस्याको शान्तिपूर्ण समाधान खोज्नुको साटो नागरिकलाई दु:ख दिने काम भएको भन्दै आलोचना भइरहेको छ ।

अभियन्ता कनकमणि दीक्षितले नागरिकलाई उर्दी जारी गरेर बन्द हड्तालको घोषणा हुनु दु:खत भएको बताउनु भएको छ । उहाँले लेख्नु भएको छ - ‘आमहड्ताल ऐच्छिक हुनु पर्ने, आह्वान  गर्नुपर्ने– नागरिकलाई उर्दी पो जारी गरेछन् ।’

यस्तै मानवअधिकारकर्मी मोहना अन्सारीले पनि बन्द हड्तालको विरोध जनाउनु भएको छ । बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेपछि उहाँले लेख्नु भएको छ - ‘गैरकानुनी काम सधैं गैर कानुनी नै हुन्छ, बन्द हड्तालमा व्यक्तिगत वा सार्वजनिक सम्पत्ति क्षति अक्षम्य हो । यस्ता गतिविधिको घोर भर्त्सना गर्दछु ।’

यस्तै लेखक खगेन्द्र संग्रौलाले राजनीतिक पार्टीले बन्दको साटो अझै पनि रचनात्मक कार्यक्रम गर्न नसकेको भन्दै  टिप्पणी गर्नु भएको छ । उहाँले विरोधको चौतर्फी हड्तालभन्दा रचनात्मक, दबाबकारी र प्रभावकारी जुक्ति नेताहरुको दिमागमा अझै फुर्न सकेन भन्नु भएको छ । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नागरिकको काम गरी खान पाउने अधिकार कुण्ठित गरिएको भन्दै विरोध जनाउनु भएको छ । उहाँले लेख्नु भएको छ-‘नागरिकको काम गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुने गरि कुनै पनि प्रकारको बन्द हड़ताल जुलुस सभा नगर्न दलहरूलाई आग्रह गर्दछु । साथै नयाँ संविधान जारी भएपछि सबै दलहरूले बन्द हड्ताल नगर्ने भनेर गरेको प्रतिबद्धता पनि स्मरण गराउन चाहन्छु ।’

उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र न्पाल उद्योग परिसंघले बन्द हड्तालको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया