Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामका एकेन्द्र कुँवर केपी ओलि समुहमा

अछामका एकेन्द्र कुँवर केपी ओलि समुहमा

नेकपा माधव प्रचण्ड समुहका प्रभावशाली नेता भिम रावल लाई छाडेर उनका नजिक रहेका प्रभावशाली नेता एकेन्द्र कुँवर केपी वली समुहमा लाग्नुभएको छ । रावलको किचन क्याबिनेट भित्रका मानिने उनकै नगरक्षेत्रका नेता कुवर ओली समुहमा खुल्नु लाई अर्थपुर्ण रुपमा हेरिएको छ । अछाममा तत्कालीन नेकपा एमालेमा लामो समयदेखि काम गरेका अधिकांश नेता कार्यक्रता हरुले पुर्व उपप्रधानमन्त्री रहिसकेका रावलको सट्टा ओली लाई रोज्नुभएको छ । यहि सिलसिलामा काठमाडौमा परिचीत नेता कुँवरले पनि अछाम देखि झापाको यात्रा तय गर्नुभएको हो ।

अछाममा नेकपा लाई नजिक बाट बुझ्ने बिष्लेषकहरुका अनुसार अछामका नेताहरु पुर्वको झापा पुग्नुको मुल कारण ओलीको नीति र नेतृत्व संगै रावलको व्यबहार पनि जिम्मेवार रहेको छ । विगतमा पार्टी एकीकृत हुँदा नेता रावलको हुकुमी शैलीले उकुसमुकुसमा रहेकाहरु यतिबेला आफू लाई स्वाधीन र स्वतन्त्र सम्झेर बदला लिइरहेको नेकपा भित्रको स्रोतको पनि दावी छ । नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा सामेल भएका छन् । नेता रावलको व्यवहार र कार्यशैलीका कारण पाका नेताहरु ओली समूहमा लागेपछि उनी जिल्लामा कमजोर अवस्थामा पुगेको नेकपा स्रोतले दाबी गरेको छ । रावलले निर्वाचन लड्दै आएको अछाम निर्वाचन क्षेत्र नम्बर १ साँफेबगर नगरपालिका वडा न ९ बुढाकोट स्थायी घर भएका राष्ट्रीय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवर ले ओली समूहलाई साथ दिनुभएको छ । यही मिती २०७७ साल माघ २१ गते आफ्नो फेसबुक वालमा प्रधानमन्त्री केपी शर्मा ओलि को निवासमा भएको भेटघाट को फोटो हाल्दै उहाँले जानकारी गराउनु भएको हो । 

 

With honorable prime minister Mr. KP Oli and Chairperson of NCP , Sudurpasim, Mr. Karna Bahadur Thapa .....looking forward to supporting every steps of PM for the development of nation

Posted by Ekendra Kunwar on Wednesday, February 3, 2021

विगतका सबै निर्वाचन मा अछाममा तत्कालिन एमाले लाई जिताउन सबै भन्दा बढी भूमिका निर्वाह गर्ने राष्ट्रीय खेलकुद परिषदका बोर्ड सदस्य एकेन्द्र कुँवर ले नेता रावलको साथ छोड्नुभएको हो । यसै सन्दर्भमा हाम्रो बुलेटिन ले राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर को राजनितिक तथा व्यक्त्तिगत जिवनी खोतल्ने प्रयास गरेको छ ।

वि. स. २०२७ साल मा जन्मिनु भएका एकेन्द्र कुँवर युवा पुस्ता माझ एकदमै नेताका रुपमा गनिनुहुन्छ । २०४३ सालको एस एल सि परिक्षा उतिर्ण पछी पर्विणता प्रमाण पत्र तहको अध्ययन सकाएर २०४६ देखी २०४८ सम्म दुई बर्ष अछाम को वेतालमाण्डौ मा. वि. मा शिक्षण पेसामा आवद्ध हुनुभएको थियो । राजनितिक जिवन को कुरा आउँदा स्नातक पढ्दै गर्दा त्रिभुवन विश्वो विद्दालय को स्वतन्त्र विद्धार्थी युनियन मा तत्कालिन अनेरास्वियुको तर्फबाट सुदुर पश्चिमकै पहिलो पटक सदस्य जित्नेमा राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर नाम आउँछ । सदस्य पछी दोस्रो पटक उहाँ उपसभापती को उम्मेद्वार हुनुहुन्थ्यो तर पर्टी विभाजन का कारण पराजित हुनुपर्‍यो तै पनि समकालिन अरु उम्मेवार ले ९०० मत अन्तरले हार्दा उहाँ का चाही आफ्ना प्रतिद्वन्दी भन्दा १२ मत कम आएका थिए । यसले नै उहाँको राजनितिक जिवन त्यतिखेर देखी नै कत्तिको सफल थियो भन्ने कुराको व्याख्या गर्दछ ।

आफ्नो परोपकारी भावनाका कारण राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर त्यतिबेला देखी नै त्रिभुवन विश्वो विद्धालय का लोकप्रिय नेता हुन्हुन्थ्यो । देशमा हुने निर्वाचन मा नेकपा र तत्कालिन नेकपा एमाले लाई जिताउन पटक पटक सबै भन्दा बढी भूमिका खेल्ने मा एकेन्द्र कुवँर को नाम अग्र स्थानमा आउँछ । संघर्ष मा सबै भन्दा अघाडी लाग्ने र अवसरको बेलामा अरुलाई अघाडी लगाउने कुराले राजनितीमा उहाँको महानाता झल्काउछ । सधै गरिब दिनदुखी को सेवा गरिरहने उहाँ को बानी उहाँको मात्र नभएर उहाँका बुवा, भाई हिक्मत कुँवर र पछिल्लो समयमा उहाँको ज्यष्ठ सुपुत्र विक्रम कुवँरको पनि रहेको छ । अरुले भिड जम्मा गर्न, आफु आउँदै छु भन्ने माहोल बनाउन अछाम मा दर्जनौ कार्यकर्ता तैनाथ गर्नुपर्छ त्यही ठाउँमा राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेद्र कुँवर जाँदा कसैलाई नभनेर गएपनी हजारौं समर्थक र प्रशंसकले उहाँलाई पुरै देश भरी स्वागत गर्ने गर्छन ।

कोरोना महामारिले पुरै विश्व नै आक्रान्त भैरहेको बेलामा राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुवँर भने असाह्य र पिडित को लाई राहत बाड्ने काममा सधै खट्नुभयो त्यती मात्र नभएर नेपालमा कोरोना को सुरुवाती चरणमा स्वाब परिक्षण राजधानिमा मात्रै गरिने समयमा आफ्नो ज्यान को बाजी लगाएर आफ्नै गाडिमा धनगढी बाट काठमाण्डौं सम्म २०० भन्दा बढी स्वाब बोकेर जानुका साथै अछाम का स्थानिय तह, अस्पताल, सुरक्षाकर्मी, पत्रकार लाई समेत सुरक्षा समाग्री बाड्नुभएको थियो । कोरोना महामारी को बेलामा लाखौंको राहत बाड्ने राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर ले समाज अफ्ट्यारोमा परेका बेला त्यो आफ्नो समाज प्रतिको उत्तरदायित्त्वो भएको बताउनु भएको थियो । 

अछाममै पहिलोपटक भुगोल मा एम. ए. गर्ने राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवरले विश्वोका ५५ भन्दा बढी देश घुमिसक्नु भएको छ । अछाम मा २०४८ सालको स्थानिय निकाएको चुनाव मा अछाम क्षेत्र न १ मा साविक का १५ गाविस मध्य तत्कालिन नेकपा एमाले ले एउटा गाविस बुढाकोटमा मात्रै चुनाव जितेको थियो जसको कमाण्डिङ्ग राष्ट्रीय खेलकुद परिषद बोर्ड सदस्य एकेन्द्र कुँवर ले गर्नु भएको थियो । हाल नेपाल राष्ट्रीय खेलकुद परिषद का बोर्ड सदस्य रहनुभएका एकेन्द्र कुँवर, नेपाल कुरुदेय सेल्फ डिफेन्स का अध्यक्ष, गैर आवासिय नेपाली संघ स्पोर्ट एकेडेमी का सल्लाहकार, नेपाल क्रिकेट टिमका पुर्व राष्ट्रीय खेलाडी समेत रहनु भएको छ ।

प्रतिक्रिया