Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

क्यान्सर समयमै पत्ता लागे पुर्ण रुपमा निको हुन्छ : डाक्टर लोहनी

क्यान्सर समयमै पत्ता लागे पुर्ण रुपमा निको हुन्छ : डाक्टर लोहनी

कमल रावल, माघ २२ अछाम

‘म हुँ र म हुनेछु’ भन्ने सन्देशका साथ क्यान्सरबाट हुने मृत्युलाई कम गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आज विश्वभर लगाएतमा नेपालमा पनी क्यान्सर दिवस मनाईएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक फेबु्रअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने डाक्टरहरुले बताएका छन् ।

अध्ययनमा हेर्दा क्यान्सरका कारण ज्यान गुमाएका मध्ये २२ प्रतिशत सूर्तीजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ । सन २०२० को तंथ्याकलाई हेर्दा नेपालमा महीला र पुरुषमा बढी जसो फोक्सोको क्यान्सर हुने गरेको क्यान्सर रोग बिशेष डाक्टर सौहार्द लोहनीले बताउनु भयो । क्यान्सर दिवसको अवसरमा रेडियो रामारोशनसँग कुराकानी गर्दै डाक्ट्र लोहनीले बिशेष गरि महीलामा पाढेघरको मुखको, स्तन तथा आन्द्राको क्यान्सर हुने गरेको बताउनु भयो । सुर्तीजन्य पदार्थको सेवन नगर्ने, शरीरको तौल सन्तुलनमा राख्नाले, सुर्तिजन्य तथा धुमपान सेन नगरेमा तथा नियमीत खानपानमा ध्यान दिएमा क्यान्सरको जोखिम न्यूनीकरण गर्न सकिने भएकाले यसतर्फ सबैले ध्यान दिनु पर्नेमा डाक्ट्र लोहनीको सुझाब रहेको छ ।

सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जमा कार्यरत समेत रहनु भएको डाक्ट्र लोहनीले हरेकलाई सामान्य लक्षणबाटै क्यान्सर सुरु हुने भएकाले नियमीत उपचार गरे क्यान्सर समयमै पत्ता लागेमा पुर्ण रुपमा निको हुने बताउनु भयो । पहीलो र दोस्रो स्टेजमा समयमै पत्ता लाग्ने क्यान्सर उपचार समय लागेतापनी पुर्ण रुपमा निको हुने भएकाले यस रोगबाट कसैले डराउन नहुने उहाँले बताउनु भयो । यसका लागी समयमै बिशेष डाक्टरको सुझाब, सल्लाह सहीत उपचारमा लाग्नु पर्ने उहाँले बताउनु भयो । तेस्रो र चौथो स्टेजको क्यान्सर पत्ता लागीसकेपछी निको पुर्ण रुपमा नभएपनी नियमीत डाक्टर काहाँ गए त्यसमाबाट हुने पिडा कम गराउनुका साथै बिरामीको आयु बढाउन सकीते बताउनु भयो । क्यान्सर रोग लागीसकेपछी हरेक घरपरिवारले बिरामीलाई हौसला प्रदान गर्दै जानु पर्ने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ